३२ जना नारीचुलीलाई 'विश्व नारी नेपाली साहित्य सम्मान' I

काठमान्डू जेष्ठ १३,

प्रधानमन्त्री सुशील कोइरालाले त्रिमूर्ति निकेतनबाट गठित 'विश्व नारी नेपाली साहित्य सम्मेलन'को उद्घाटन गर्नुहुने भएको छ ।

सम्मेलनका अवसरमा नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि सदैव समर्पित रहेर नेपाली साहित्यलाई देशदेशान्तरमा पुर्याउन महत्त्वपूर्ण योगदान गर्नुहुने साहित्यका ३२ जना नारीचुलीलाई 'विश्व नारी नेपाली साहित्य सम्मान' समर्पण गरिने छ ।


'विश्व नारी नेपाली साहित्य सम्मान'बाट सम्मानित हुनेहरूमा कुन्ता शर्मा, कुन्दन शर्मा, केशरी बज्राचार्य, गीता उपाध्याय, गीताकेशरी, चन्द्रकला नेवार, तोया गुरुङ, देवी शर्मा, पद्मावती सिंह, पीताम्बरा उपाध्याय 'पीयूष', पुण्यरश्मि, प्रेमा शाह, बुलु शर्मा, डा.बेन्जु शर्मा, भद्रकुमारी घले, भागीरथी श्रेष्ठ, भुवन ढुङ्गाना, मञ्जु काँचुली, माया ठकुरी, मैना थापा, रञ्जुश्री पराजुली, रेवती राजभण्डारी, डा.लक्खीदेवी सुन्दास, शशी रिमाल, शान्ता श्रेष्ठ, डा.शान्ति छेत्री, प्रा.शान्ति मिश्र, शारदा शर्मा, शुभ श्रेष्ठ, सानुमती राई, सावित्री पोखरेल र हिरण्यकुमारी पाठक हुनुहुन्छ । त्यस अवसरमा २० राष्ट्र र १४ अञ्चलका २५१ जना नारीस्रष्टालाई पनि 'विश्व नारी नेपाली साहित्य पदक' समर्पण गरिनेछ ।

आगामी जेठ १५,१६ र १७ गते काठमाडौंमा विश्व नारी नेपाली साहित्य सम्मेलन हुँदैछ ।
नरेन्द्रराज प्रसाई
सदस्यसचिव
 त्रिमूर्ति निकेतन

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com