आमा सुरक्षाको ७ करोड अन्तै खर्च I

विराटनगरजेष्ठ १६,

कोसी अञ्चल अस्पतालले आमा सुरक्षा कार्यक्रमअन्तर्गतको करिब ७ करोड रुपैयाँ निर्देशिकाविपरीत खर्च गरेको छ । ३ वर्षयता प्रसूति सेवा प्रभावकारी बनाउन उक्त कार्यक्रम सञ्चालनमा छ । त्यसको बजेट अस्पताल विकास समितिले नियुक्त गरेका कर्मचारीको तलबबापत खर्च गर्ने गरिएको छ ।

अस्पतालमा प्रसूति सेवा लिन आउनेहरुको चाप बढ्दो छ, उपकरण र प्राविधिक अभावमा सेवाग्राहीले गुणस्तरीय सेवा पाउन सकेका छैनन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट र विकास समितिका पदाधिकारीले आफूखुसी गर्ने गरेको स्रोतको दबी छ । विकास समितिले नियूक्ति दिई स्थायी बनेका २ सय १० जना कर्मचारी छन् ।

उक्त कार्यक्रम अन्तर्गत सरकारी अस्पतालमा आउने प्रसूतिलाई प्रोत्साहनस्वरुप ५ सय रुपैयाँ यातायात खर्च दिने गरिएको छ । यस्तै, सामान्य प्रसूतिबापत १ हजार ५ सय, जटिलमा ३ हजार र शल्यक्रिया गर्नुपरे ७ हजार रुपैयाँ सम्बन्धित अस्पताललाई दिनुपर्ने नियम छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।(स्वास्थ्यखबर)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com