इज़रायलमा उभौली साकेला सम्पन्न I

तेलअभिव जेठ १८,

पुष्प श्रेष्ठ : र्इजरायलमा कार्यरत किरात रार्इहरूकेा छाता सँगठन किरात रार्इ यायाेख्खा नेपाल र्इजरायले येलेदुङ ५०७४ तेासी (साकेला) शनिबार मे १७ तारिख र्इजरायलकेा तेलअभिव स्थित डल्फिनारीम पार्कमा भव्य रूपमा मनाएकेा छ ।

शनिबार बिहान १० बजेबाट भुमी पुजाबाट शुरूभएकेा सकेला पर्व अपरान्ह ४ बजे समापन गरीएकेा थियेा । र्यजरायलका लागी नेपाली राजदुत प्रल्हाद कुमार प्रसार्इकेा प्रमुख अातिथ्य तथा यायाेख्खाका अध्यक्ष बालकुमार रार्इकेा सभापतित्वमा सम्पन्न ताेसी ( साकेला)मा र्यजरायलमा कार्यरत किरातीहरूकेा उल्लेख्य उपस्थिती रहेकेा यायाेख्खाका सचिव शुनिल किरातीले बताउनु भयेा । कार्यक्रमा प्रमुख अतिथी राजदुत प्रसार्इ लगाएत सल्लाहाकार युवराज रार्इ अध्यक्ष तथा कार्यक्रमका सभापति बालकुमार रार्इले तेासी (साकेला) केा बारेमा जानकारी दिनु भएकेा थियेा कार्यक्रमकेा समापन गर्दे कार्यक्रमका सभापति बालकुमार रार्इले उपस्थित सबैलार्इ धन्यवाद दिदै अागामी दिनमा पनि किरातीहरूकेा धर्म सँरक्षणका लागी बिदेशी भुमीमा रहेर येागदान पुराउने बताउनु भयेा । 

बैशाख पुर्णिमाकेा दिनमा मनार्इने सकेलालार्इ किरातीहरूले बिषेश गरि भूमि र अन्नको पूजा गर्दै, अधिकार खोजीको माध्यम समेत बनाए अघि बढेका छन् । किरात राईहरुको बिशेष बसोबास रहेको पुर्बाञ्चलका बिभिन्न जिल्ला साथै बैदेशिक राेजगारीका लागी बिभिन्न देशमा रहेकेा राईहरुले उभौली पर्ब मनाएका छन् । किरात समुदायभित्रका याक्खा, सुनुवार, लिम्बू र राईलगायत जातिहरु प्रकृति पूजक भएकाले अन्नबाली छर्नुअघि सह बसोस, अन्नबालीमा किरा नलागोस् भन्दै इष्ट देवताको पूजा गर्छन् । प्रकृतिको पूजा गर्ने, मौलिक संस्कृति झल्काउने पोसाक लगाएर मीठा परिकार बनाई आफन्त, छिमेकी इष्टमित्र भेला भएर सामूहिक नाचगान गर्दै मनाउने गर्छन् । 




Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com