"अमर छौ तिमी ' :By, निशा खनाल अर्याल


इज़रायलमा २४ मे २०१४ शनिबारका दिन सम्पन्न भानुभक्त द्धिशतवारिकी साहित्यिक कार्यक्रममा भानुभक्तमै समर्पित कविता. .. . .

  "अमर छौ तिमी ''

 तिम्रो झल्को अमर इतिहसै, बनोश नित्य छायाँ,
नेपालीका घर घर हुने,,प्रेम वास्लय माया,
पाटी, पौवा नदी,झरना,ताल उच्च हिमाल,
बोल्छन रामायण र कविता नित्य,छौ है विशाल,

पृथिवीनारायण अति ठुला,देश निर्माण गर्ने,
तिम्रा प्यारा सरस कविता,हामीमा राज गर्ने
 नेपालीका तिमी त प्रकृति,सूर्य हौ जड विनासी ।
, आभा,कृति,धन,वल,विभु,शान्ति एश्वर्य भाषी ”

तिम्रो छायाँ छलकिरहने,रात्री संध्या बिहान,
साथी जस्तै सुख र दुखमा,बोल्छ भानु पूराण”
नेपालीको हृदय पटमा,ज्ञान ज्योति जगाई,
छर्दै भाषा मन र मुटुमा,भाव धारा बढाई”

मोती दाना टपटप टिप्यौ,अमृतै हो कि कस्तो,
तिम्रो स्रद्धा अजमर रह्यो,जीवितै हो कि जस्तो ”
तिम्रै छायाँ घरघर अँझै,झुल्किने घाम जस्तो,
तिम्रो माया त्रिषित शिशुको,दुग्धको पान जस्तो ”

बाटो खुल्यौ सरस मसिले,लेखिने दौडिए झन्,
साच्चै मेरो हृदय ध्वनि यो,आन्त जादैन यो मन ”
आत्मालाई पनि तिमी तिरै, पूर्ण विछ्यई दिन्छौ ।
 फेरि आऊ यस धर्तीमा,सम्झ नेपाल भन्छौ,।

घासी तिम्रो गुरु प्रियशाखा,चेतनाको मुहान,
विश्वै ढाकी छरिई वसने हामी तिम्रै ज़हाँन ।
 नेपालीका तिमी त तुलसी,दास वा कालिदास ?
स्रद्धा बोकी कलम मसिले,गर्छु यस्तै प्रयास ”

निशा खनाल अर्याल
इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com