"गीत" : By, निशा खनाल अर्याल


 "गीत"
दार्जेलिंग‌ ज्यानको  तीन फुँटे सडक, रेलिंगले घेरेर
मायालु ज्यानलाई लेखियो पत्र , आशुले वेरेर,

आउने बाटो नियालि ,बसछन, झ्याल तिर नजर  ,
आखाको आशु आचलले पुछ्दै, हातमा तस्बिर ...

यो मनमा सधै अनेकौ कुरा ,खेलेर बित्तैछ ..
मनको धोको खडेरी तृष्णा ,झनबढि सुक्दैछ ..

मन भरि ब्यथा थुप्रेर बस्छन,,कहाँ गई पोखु म...
स्वार्थको जालमा बेरेर फयाक्छ,यो पापी संसारमा ...

कुन दुष्ट आई छरेछ काडा,म हिड्ने बाटोमा ,
फर्काइ देऊ उनको प्रिती ,स्वार्थीको साटोमा...

 ए धर्तीमाता उनका पाऊ, फर्काउ माटोमा                            
फुलका थुगा विछ्या‌ई  देऊ ,ऊ हिडने बाढोमा।

निशा खनाल अर्याल
इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com