गजल :By, मानन्धर अभागी


गजल :

बाँच्नुको अर्थमा आज जिन्दगी फगत लाग्छ
बाँच्नुको यौटा आधार त्यही दौलत लाग्छ

जिन्दगी भन्दा पनि पैसा ठूलो ठान्नेहरू
 मान्छेको त्यो दिमाग त्यही कसरत लाग्छ

आफ्नै अस्मिता बेचेर अनियमित त्यो ढङ्गले
धन आर्जन गर्नेहरूको जहाँ हरकत लाग्छ

याँ को आफ्नो धरोहर अरुको नाममा गर्नेको
यो देश बनाउँछु भन्दा मलाई गलत लाग्छ

अन्तःत छ सय एकले स्थान पाइहालेछन् नि
 विकास भन्दा सर्वनाश शतप्रतिशत लाग्छ ।

  मानन्धर अभागी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com