गजल :
रोधी गाँए टप्पा गाँए हाक्पारे नि गाँए
मेरै देशको आँटो पिठो मिठो मानी खाँए
बल हुन्जेल मात्र न हो पराइको महल्
तेही भएर खर काटी आफ्नै छानो छाँए
अर्काको माटो नहो जती बुद्धी पोखे पनि
इज्जत मैले खाली यहाँ खेताला कै पाँए
'कठैबरा' हराएको पर्देश छोडि मैले
आफ्नै टारी बिरौटो रमाइ रमाइ साँए
सुर्य खत्री "घायल"
हाल- सौल -दक्षिण कोरिया
("जुन हराएको रात" भित्र बाट)