काठमाडौं बैशाख २४,
पोखरामा स्वास्थ्यमन्त्री खगराज अधिकारीले नेपालमा पोलियो रोग शून्य अवस्थामा रहेको घोषणा गरेका छन् । विश्व स्वास्थ्य संगठनले पोलियो शुन्य राष्ट्र घोषणा गरेको तीन सातापछि मन्त्रीले गृह जिल्लामा भब्य कार्यक्रम आयोजना गरेर यस्तो घोषणा गरेका हुन् ।
स्वास्थ्य अधिकारीहरुले राष्ट्रपति वा प्रधानमन्त्रीको उपस्थितिमा राजधानीमा यस्तो कार्यक्रम गर्न सुझाब दिएपनि मन्त्रीले गृह जिल्लामा कार्यक्रम लगेका हुन् । ‘यो वर्षौको लगानीबाट प्राप्त उपलब्धीको जस लिन मन्त्रीको रणनीति मात्रै हो,’ मन्त्रालयका ती उच्च अधिकारीले भने ।
तीन साताअघि दिल्लीमा आयोजित कार्यक्रममा संगठनले दक्षीण पूर्वी एसियाका ११ देशलाई पोलियो शुन्य राष्ट्र घोषणा गरेको थियो । तीन वर्षसम्म पोलियोका नयाँ विरामी नभेटिएमा पोलियो शुन्य राष्ट्र घोषणा हुन्छ ।
नेपालबाट सन् २०१८ सम्ममा पोलियो उन्मुलन गर्ने सरकारको लक्ष्य छ ।(स्वास्थ्य खबर)