माडी, चितवन जेठ १५,
सरोज खनाल : चितवन राष्टिय निकुन्ज बघौडा मध्यवर्ति उपभोक्ता समितीको आयोजनामा बघौडा मध्यवर्ति कार्यालय अन्तर्गतका उपभोक्ता समितीका अध्यक्षहरुको नेतृत्व विकास सम्बन्धि १ दिने तालिम आज कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।
चितवन राष्टिय निकुन्जका सहायक संरक्षण अधिकृत बुद्धिराज पाठकको प्रमुख आतिथ्यता तथा गाविसका सचिव प्रकाशचन्द्र पौडेलको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा बघौडा मध्यवर्ति उपभोक्ता समितीका उपाध्यक्ष कोमलनाथ भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
बघौडा मध्यवर्ति उपभोक्ता समिती अन्तर्गतका १२६ समुहका १२० जनाको सहभागिता रहेको कार्यक्रममा मध्यवर्ति समुहका अध्यक्षले गर्नुपर्ने कार्यहरु , समुह संचालन गर्ने विधि तथा वनजंगल संरक्षण गर्न के कस्ता भुमिका रहन्छ भन्ने विषयमा छलफल गरिएको थियो । कार्यक्रम समितीका अध्यक्ष प्रभु प्रसाद महतोको अध्यक्षतामा सम्पन्न भएको थियो ।