गजल - आचार्य प्रभा
भिँड्मा पनि किन होला?उस्कै साथ खोज्छु अचेल
खोला,नाला,नदीलाइे उस्कै नाम सोध्छु अचेल ।
आकर्षण भनुँ या दिलको चाहा?मन यो बसमा हुन्न
एकान्तमा झोक्राएर मनको बह पोख्छु अचेल ।
काटेर आएँ सात समुन्द्र भेट्ने कुनै उपाय छैन
एक्लोपनमा जब हुन्छु उस्कै बारेमा सोंच्छु अचेल।
जीवनभरी माया दिइे बाँच्ने बाचा थियो हाम्रो
सपनीमा भेट्नलाई अँध्यारो रात नै रोज्छु अचेल ।
शंका लाग्छ कैलेकँहि मायामा घट्बड हुने हो कि ?
कल्पनाको तराजुमा हाम्रो माया जोख्छु अचेल ।