कार्यक्रम साझा सवाल, भाग-341: 100 Days of Koirala Government


प्रधानमन्त्री सुशील कोइरालाको सरकारले सय दिन पुरा गर्यो । नेपाली काग्रेस नेतृत्वको सरकारमा नेकपा एमाले सहभागी भएको पनि तीन महिना पुग्यो । 

दुई तिहाई बहुमत प्राप्त यो सरकारको कामलाई जनताले कसरी मुल्याङ्कन गरेका छन्? सरकारको क्रियाकलापबारे सर्वसाधारण सरकारका मन्त्रीहरुलाई के सोध्न चाहन्छन् ? आज हामी सरकारको १०० दिनको कामका बारेमा बहस गर्दैछौं । 

बहसमा हामीसँग सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजाल, परराष्ट्र मन्त्री महेन्द्र पाण्डे र प्रमुख प्रतिपक्षी दल एकिकृत माओवादीका नेता तथा पूर्व सञ्चार मन्त्री अग्निप्रसाद सापकोटा हुनुहुन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com