वेपत्ता विमानबारे यस्तो संकेत video . . .

चैत्र २८,

हराइरहेको मलेशियन विमानको खोजीका क्रममा प्राप्त भएका संकेत सोही विमानको ‘ब्ल्याक बक्स’ बाट आएको अष्ट्रेलियाली प्रधानमन्त्री टोनी एबटले बताएका छन् । 

गत ८ मार्चमा बेपत्ता भएको मलेशियन एयरलाइन्सको विमानको दक्षिणी हिन्द महासागरमा खोजी गरिरहेका पानी जहाजहरुमा जडित उपकरणलाई प्राप्त भएका संकेतहरु विमानकै ब्ल्याकबक्सबाट आएको चिन भ्रमणमा रहेका अष्ट्रेलियाका प्रधानमन्त्री टोनी एवटले सांघाइमा बताएका छन् ।

उनले प्राप्त संकेतहरु ब्ल्याकबक्सबाटै आएको भन्ने करिबकरिब निश्चित भएपछि खोजीको क्षेत्र साँघुरो पारिएको र विमानको बारेमा चाँडै पत्ता लाग्ने विश्वास व्यक्त गरेका छन् । अधिकारीहरुले अस्ट्रेलियाको एक पानी जहाजले चार पटक सिग्नल प्राप्त गरेको र ती सिग्नहरु फ़्लाइट रिकर्डरसँग मेलखाने बताएका थिए ।

चालकदलका सदस्यसहित २३९ यात्रु बोकी मलेसियाबाट चीनको बेइजिङ सहरका लागि उडेको मलेशियन एयरलाईन्सको विमान ८ मार्चमा भियतनामको आकाशमा पुगेपछि सम्पर्कविहिन हुन भएको थियो । मलेशियाका प्रधानमन्त्रीले उक्त विमान दक्षिण हिन्द महासागरमा खसेको बताइसकेका छन् । एएफपी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com