अस्ताए साहित्यकार पराजुली I

काठमाडौं,चैत २०,

नारिदर्पण : नेपाली साहित्य आकाशका एक तारा अस्ताएका छन् ।  कृष्णप्रसाद पराजुलीको ७९ वर्षको उमेरमा निधन भएको छ। बिगत १० दिन देखि टिचिंग अस्पतालमा उपचारार्थ पराजुलीको बिहिबार बेलुकी निधन भएको हो । 

लामो समयदेखि  मधुमेहले ग्रसित साहित्यकार पराजुलीलाई पछिल्लो समय निमोनियाले समेत च्यापेपछि महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको थियो। गत आइतबार अस्पताल भर्ना गरिएका पराजुली विगत ११ दिनदेखि आइसियुमा हुनुहुन्थियो ।

बिसं १९९२ असार २४ मा काभ्रेको भ्रमरकोटमा जन्मिएका पराजुलीका तीन दर्जन कृति प्रकाशित छन्।

 केहि रचनाहरु , 
'राम्रो रचना मिठो नेपाली' (२०२३), 
पन्ध्र तारा र नेपाली साहित्य (जीवन संग्रह २०२४), 
नौबेली (कथा संग्रह २०२८), 
सय थुङ्गा फुल (कविता संग्रह २०४४), 
आँखाभरि सपना मुटुभरि गीत (गीत संग्रह) लगायत थुप्रै कृतिहरु प्रकाशित भैसकेका छन् त्यसमा बढी मौलिक कृति प्रकाशित छन्। नेपाली साहित्य आकाशका एक चम्किला तारा राजुली कवि, मुक्तककार, गीतकार, बाल साहित्यकार, जीवनीलेखक एंव भाषाविज्ञका रुपमा समेत परिचित हुनुहुन्थियो । 

साहित्यकार पराजुलीको आत्मा चिर शान्तिको कामना तथा हार्दिक श्रद्धान्जली : नारिदर्पण डटकम परिवार । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com