महिलामा सन्तान नहुने कारणहरु I

काठमान्डू बैशाख १४,

विशेष गरि महिलाहरुमा बच्चा वा सन्तान नहुने यी यावत कारणहरु हुन् . . .  

– वीज ग्रन्थीको खराबीले गर्दा स्त्रीबीज(अण्ड) ननिस्कनु ।
 – वीजवाहिनी नलीहरुमा केही अवरोध हुनु । यस्तो भएमा अपरेशनबाट ठीक हुनसक्छ । 
– गर्भाशयको मुख ज्यादै सानो हुनु । 
– गर्भाशय ज्यादै सानो हुनु अथवा दुई कोठामा बाँडिनु । 
– योनिश्राव धेरै निस्कनु जसको अमिलोपनामा हटाएर शुक्रकीट मर्नु । यसको उपचार हुनसक्छ ।
 – ज्यादै नै कुपोषण हुनु । धेरै दिनसम्म पौटिक खाना खाएमा गर्भधारण गर्ने शक्ति बढ्छ । कुपोषित आमाको बारम्बार गर्धपतन भइरहन्छ ।
 – रगतको ज्यादै नै कमी भएर पनि गर्भ रहन नसक्ने हुन्छ । यस्ता महिलाले आइरन चक्की धेरै समयसम्म खाइरहनु पर्छ । 
– आयोडिनको कमी हुनु । यस्तो अवस्थामा आयोडिन भएको नुन धेरै समयसम्म खाइरहनु पर्छ । जुन माटोमा आयोडिन हुँदैन त्यहाँ उब्जेको, फलेको खानेकुरामा आयोडिनको कमी हुन्छ । त्यस्तो खाना खानेहरुले थप आयोडिन खानु पर्छ । 
– गोनोरिया लागेपछि राम्रो उपचार नहुनु । रोग लाग्ने बित्तिकै राम्रो उपचार गर्ने अङ्गहरुमा टी.बी. जस्ता सङ्क्रामक रोग लाग्नु । यस्ता रोग लाग्ने बित्तिकै उपचार गराउनु पर्छ । 
– स्त्री रागरसको कमी हुनु । कृत्रिम रागरस दिई यसको उपचार गर्न सकिन्छ । -

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com