चेपाङ वालवालिका आफनै घरमा I

रत्ननगर बैशाख १५,

गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित वालवालिकालाई आज आफनै घरमा सारिएको छ । २ बर्ष देखि रत्ननगरको जयमंगलामा घरभाडामा बस्दै आएका वालवालिकालाई रत्ननगर–१० मंगलपुरमा घर बनाएर सारिएको हो ।

जयमंगलामा रहदा पञ्चकन्या उच्च माविमा पढदै आएका वालवालिकालाई आफनै घरमा सरेपछि मंगलपुरको पञ्चतेज ज्योति राप्रविमा भर्ना गरिएको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो । सो विद्यालयमा ४० जना वालवालिकालाई भर्ना गरिएको उहाँले जानकारी दिनुभयो । भर्नाहुन आएका चे पाङ विद्यार्थीलाई विद्यालयले कपी कलम र अविर टिका लगाएर स्वागत समे त गरेको छ ।

विद्यालयका अध्यक्ष हरिप्रसाद गुरुङ र प्रधानाध्यापक र ामबहादुर मगरले टिका लगाएर स्वागत गर्नुभएको थियो । केन्द्रले सहयोग संकलन गरी मंगलपुरमा ६ कोठे भवन निर्माण गरेको छ । ८ लाखको लागतमा निर्माण गरिएको सो भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको केन्द्रका अध्यक्ष शर्माले जानकारी दिनुभयो । के न्द्रको चेपाङ उत्थान अभियान अन्र्तगत अहिले सम्म १५१ जना चेपाङ वालवालिकालाई विभिन्न स्थानमा राखि अध्यन गराईएको केन्द्रका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com