तेलअभिव बैशाख ९,
पुष्प श्रेष्ठ : बैदेशिक रेाजगारिका लागी र्इजरायलमा कार्यरत बुद्द धर्मावलम्बीहरूले २५५८ औं बुद्द जयन्ती बिषेश कार्यक्रम सहित मे १७ तारिख मनाउने भएकेा छ । बिगतका बर्षहरू जस्तै बुद्द जयन्ती समारेाह अायाेजना गर्ने जिम्मा यस पल्ट नेवा खल र्इजरायललार्इ गएकेा छ । र्इजरायलमा गठन भएका बिभिन्न जातिय सस्थाले पालै पालाे बुद्द जयन्तीकेा अायेाजना गर्दे अार्इरहकेा छ ।
गत साल २५५७ औं बुद्द जयन्ती तमु समाज र्इजरायलकेा सम्येाजनमा मनाइएकेा थियेा । हलमा बुद्द जयन्ती मनाउदा त्यति प्रभावकारी नदेखिए पछि तेलअभिवकेा लेवन्स्की पार्कमा मनाउने भनिए पनि शनिबार सब्बात पर्ने र हेा हल्ला लगाएत म्युजिक सिष्टमहरूकेा प्रयेाग गर्न नदिने जानकारी नेवाखलका अध्यक्ष तेज श्रेष्ठबाट अाए पछि सेा स्थानलार्इ छाडदै यस बर्ष २५५८ औं बुद्द जयन्ती नेपाली राजदुताबासकेा कार्यालय तेलअभिव नजिकै रहेकेा पार्कमा (सिसार्इड) मनाउने निर्णय सार्वजनिक गरिएकेा छ ।
बिहान ८ बजेबाट सञ्चालन हुने २५५८ औं बुद्द जयन्ती समारेाहका सहभागी बन्नका लागी अाउने महानुभावहरूका लागी तेलअभिवकेा लेवन्सकी पार्कबाट समारेाह स्थल सम्म श शुल्क यातायातकेा ब्यवस्था गरिने अायेाजक नेवाखल ले जानकारी दिएकेा छ । त्यसै गरी सेा समाराेहमा प्रशादका लागी नुवाकेाट जिल्ला चमुन्दादेवि गाविस खेाले गाउ घर भै र्इजरायलकेा पेताक्तीक्वामा कार्यरत अन्जु लामा तामाङले ब्यवस्था गर्ने बताउनु भएकेा छ ।
अायेाजक नेवा खल र्इजरायलले २५५८ औं बुद्द जयन्ती समाराेहमा सहभागी बनी सफलता पुर्वक सम्पन गर्नकालागी सबै क्षेत्रकेा सहयेाग अपरिहर्य भएकेाले र्इजरायलमा रहेकेा सम्पुर्ण संघ सस्था लगाएत ब्यक्तीहरूमा सहभागितकेा लागी अनुरेाध समेत गरेेकाे छ । यस सम्बन्धि थप छलफलका लागी यहि शुक्रबार साझ ८ बजेबाट तेलअभिवकेा लेवन्स्की पार्कमा २५५८ औं बुद्द जयन्ती समाराेह सम्बन्धि थप छलफलकेा अायेाजना गरिएकेा बताएकेा छ ।
नेवा खलबाट प्रकासित बिज्ञप्ति :
बिषय - २५५८ औं बुद्द जयन्ती मनाउने बारे ।
उपरोक्त सम्बन्धमा शान्तिका अग्रदुत भगवान बुद्धको जन्म जयन्ती सन २०१० ( २५५४ औं ) देखि प्रबासी भुमि इजरायलमा रहनु भएका नेपालीहरुले पनि भब्य रुपमा मनाउदै आईरहेको छ | यो बर्ष पनि २५५८ औं बुद्ध जयन्ती आउदो महिना मे १४ मा परेको छ ।
इजरायलमा बुद्ध जन्म जयन्ती मनाउनाको लागि मिति १६ मार्च २०१४ का दिन २५५७ औं बुद्ध जयन्ती मूल कार्यक्रमका संयोजक तमु समाज , इजरायलको अध्यक्ष डिक कुमार गुरुङको अध्यक्षतामा टेलिफोन कन्फेरेन्स बैठक द्वारा २५५८ औं बुद्ध जयन्ती समारोह नेवा:खल,इजरायलको प्रमुख आयोजनामा बढीमा १०८ सदस्यीय २५५८ औं बुद्ध जयन्ती मूल आयोजक कमिटि बनाई भब्य तथा सभ्य रुपले तेलअभिभ इजरायल स्थित लेवीनेस्की पार्कमा यही आउदो महिना मे १७ शनिबार मनाइने निर्णय गरिएको छ । बैठकमा ने.आ.ज.म.इ.का अध्यक्ष, एन.आर.एन इजरायलका सल्लाहकार तथा नेपाल तामाङ समाज ,इजरायलका संस्थापक अध्यक्ष र यहाँ अबस्थित संघसंस्थाका अध्यक्ष/उपाध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।
शान्तिको अग्रदुत,अहिंशाको प्रतिक भगवान बुद्धको २५५७ औ बुद्धजयन्ती भब्य तथा सभ्य रुपले सम्पन्न गर्नु,, गराउन पाउनु हाम्रो ठुलो पुन्य कार्य हुनाको साथै संसारले नै आस्था र विश्वास गर्ने भगवान बुद्धको जन्म भूमिको हामी नेपाली बासिन्दाहरुको कर्तब्य भित्र पनि पर्ने भएकोले इजरायल अबस्थित सम्पूर्ण संघसंस्थाहरुलाई यस महत्वपूर्ण कार्यक्रमको मूल आयोजक कमिटिमा सहभागी भई २५५८ औं बुद्ध जयन्ती इजरायलमा ऐतिहासिक रुपमा सम्पन्न गर्न साथ र सहयोगको लागि हार्दिक आब्हान गरिन्छ । यहाहरु इच्छुक हुनुहुन्छ भने तुरुन्त जानकारी गराउन नेवा:खल इजरायल बिनम्र अनुरोध गर्दछ ।
थप जानकारीको लागि सम्पर्क :
तेज बहादुर श्रेष्ठ - ०५४९१४४७४५
सुन्दर सिंह लामा तामाङ - ०५२६६५८९०४
छिरीङ शेर्पा - ०५३७१७२८९३
डिक कुमार गुरुङ - ०५४९५७२५२८
मिना वान्तवा - ०५४४५५७७२३
बी बी लामा तामाङ - ०५४५५२३२०२
भुपेन्द्र गुरुङ - ०५४३९८८३९३
कुमार राई - ०५४७२४५९०४
प्रताप मादेन - ०५४६६५००१३
बसन्त मगर - ०५४७२६४३०४
दोर्जी पाख्रिन तामांग - ०५४३५४३१८३
श्री कृष्ण भण्डारी - ०५४६८७१२५८
पुष्प श्रेष्ठ - ०५३८३०२२३८
बिपिन तामांग - ०५४६३६५७२५
रामशरण बानिया - ०५३३३०७०९३
सुभास खरेल - ०५२८८८२७२४
डम्मर लिम्बु - ०५४५५१०६२७
योगेन्द्र खरेल - ०५३८२०७६८६
सुर्य सिम्खडा - ०५४९०७४००४
हरि मानन्धर - ०५४५९२४९७२
संसारकै साझा भगवान बुद्दको जन्म जयन्ती कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गर्नको
लागि आयोजक संस्थाहरुको प्रतिनिधी सहितको जिम्मेवारी बाडफाड भेला /बैठक यथा शिघ्र
बस्ने कुरा पनि अबगत गराइन्छ ।
रन्जु बाबा श्रेष्ठ
सचिव
नेवा:खल इजरायल