तेलअभिव बैशाख ११ :
किरात याक्थुङ चुमुलुङ र्इजरायले र्इजरायलमा सँकलन गरेकेा सहयेाग रकम रू ३ लाख ४५ हजार ५१६ रूपैया बिभिन्न राेगबाट ग्रसित राेगीहरूलार्इ हस्तान्तरण गरेकेा छ । आजबाट धरानमा सुरु भएको प्रथम अन्तराष्ट्रीय लिम्बु सम्मेलनकेा अबसर पारेर उक्त रकम हस्तान्तरण गरेकेा किरात याक्थुम चुम्लुङ र्इजरायलले प्रकाशित गरेकेा प्रेश बिज्ञप्ती मार्फत जानकारी गराएकेा छ ।
सहयेाग रकम पाउनेहरूमा तारा नेम्बाड० मृगौला पिडीत लाई=१,८०,५१६रूपैया/ यम लाल तामाड० ब्लड क्यान्सर पिडित लाई=७०,०००/ बल बहादुर सम्बाहाम्फे प्यारालैसीस ७०,००० र लिम्बु जातीको प्रख्यात कलाकार लाई सम्मान स्वरुप २५ हजार रहेकेा छ । प्रथम अन्तराष्ट्रीय लिम्बु सम्मेलनमा र्इजरायलबाट भाग लिन पुगेकेा कि.या.चु र्इजरायलका सचिव चन्द्र कुमार आङदेम्बेकेा उपस्थितीमा उक्त रकम हस्तान्तण गरेकेा जानकारी कियाचु र्इजरायलका अध्यक्ष प्रताप मादेनले सिएनएन र्इन्युज डटकमलार्इ जानकारी दिनु भएकेा छ ।
कि.या.चु. बाट प्राप्त बिज्ञप्ती :
इजरायलमा कार्यरत सम्पुर्ण लिम्बु दाजु भाई तथा दिदी बहीनिहरुमा कियाचु इजरायलको सचिबालय निम्न कुराहरुको जानकारी गराउन चाहान्छौ। आजबाट धरानमा सुरु भएको प्रथम अन्तराष्ट्रीय लिम्बु सम्मेलन चरण बद्द रुपमा बिभिन्न कार्यक्रमका साथ तिन दिन सम्म वा अप्रील २६ सम्म हुदैछ। सम्मेलनले लिएको लक्ष,लिम्बु जातीमा सकारात्मक सोचको बिकासका साथै जनजागरणमा प्रभाब बढोस् भन्दै कियाचु इजरायल सम्मेलन सफल्ताको कामना गर्दछ। सो सम्मेलनमा कियाचु इजरायलको तर्फबाट सचिब चन्द्र कुमार आङदेम्बेले प्रतिनिधित्व गर्ने भन्ने जानकारी अघिल्लो सुचना मार्फत तपाईहरुमा जानकारी भयो नै होला ।
कियाचु इजरायलको अग्रसरतामा तिन जना पिडीतहरुकाे उपचार खर्चको लागी केही सहयोग रकम संकलन भएको थियो। कार्यक्रमको पहीलो दिनमै सो संकलीत रकम कियाचु इजरायलको सचिब चन्द्र कुमार आङदेम्बे बाट पिडीत बिरामीहरुको आफन्त लाई हस्तान्तरण गरीएको छ। बिरामी भै अस्पतालको सैयामा उपचाररत सबैको सिघ्र स्वास्थ्यलापको कामना गर्दछौ। बिरामीहरुको नाम,ठेगना र ग्रहण गरेको रकम तपसील बमोजीम रहेकोछ।
नाम जिल्ला गाबिस रकम तारा नेम्बाड० पाच्थर रानिटार-४ १,८०,५१६/- मात्र बल बहादुर सम्बाहाम्फे धन्कुटा तेनुपा -५ ७०,०००/- मात्र यम लाल तामाड० ईलाम चुलाचुली-४ ७०,०००/- मात्र लिम्बुहरुको गहनाको उपनामले चिनिनु भएका सक्रीय कलाकार यासेली योङहाङ ज्यु लाई कियाचु ईजरायलले सम्मान स्वरुप सोही कार्यक्रममा २५ हजार रुपैया हस्तान्तरण गरेकोछ। तारा नेम्बाड० को लागी ( तारा लावतीको नेत्तृत्व मा) रकम संकलन भएको थियो। भने बल बहादुर को लागी डील्ली माया वनेमको नेत्तृत्व मा संकलन भएको हो । त्यसै गरी यम लाल तामाड० को लागी चन्द्र आड०देम्बेको नेत्तृत्व मा संकलन भएको थियो।
इजरायलमा कार्यरत लिम्बुहरुको एक मात्र साझा संस्था कियाचु इजरायल भएको र यो संस्थले स्थापना कालबाटै बिभिन्न सामाजिक कार्यमा सानो भए पनि उत्सुक्ताको साथ सहभागी जनाउदै आएको हुदा कियाचु नेपालले सहकार्य गर्ने हेतुले कियाचु इजरायललाई सम्बन्ध दिई सकेको र आजको प्रथम अन्तराष्ट्रीय लिम्बु सम्मेलनले प्रसंसा पत्र दिएको कुरा पनि यहाहरूमा उध्रित गर्न चाहान्छु।
.......................
सचिवालय कियाचु र्इजरायल