आचार्य प्रभा : लघुकथा, ' नारी दिवसभित्रकी पात्र पद्मेकी आमा ' ....
यता "नारी दिवस"को उपलक्षमा शर्मिला,नीरा,उषा ब्यस्त छन् कार्यक्रमको तयारीमा। कार्यक्रमको मुख्य नारा छ "नारी शक्ती एक बनौं"। उनिहरु कार्यक्रममा कुन महिलालाई प्रमुख अतिथि बनाउने ? भन्ने बिषयमा छलफल गरिरहेकाछन् ।
कार्यक्रम भब्य गर्नलाई खर्चको पनि बलियो तार्तम्य जुटाइे रहेछन् ।
यता पद्मेकी आमा बेखबर छे । आफ्नै पेटको दिवस मनाउन । ऊ बिहानै उठेर लग्भग ३/४ वटा घरको घरघन्दा सकेर घर फर्किसक्छे । बालखा छोराछोरीहरुलाई पकाएर खुवाउन ।
यसरी आज पनि ऊ शर्मिलाको घरधन्दा गर्न एकाबिहानै आइेपुगेकी छे र,सुन्दैछे शर्मिलाका अर्हाइे,खटाइेहरु। "ए पद्मेकी आमा सुन त, आज म अलिक ढिला आउँछु ।
म केही गर्न भियाउँदिन। तिमीले अरुदिनको भन्दा अलिक धेरै काम गर्नु पर्छ है!बरु ५/१० रुपैयाँं सधैंभन्दा ज्यादा नै दिउँला । आज "नारी दिवस"को उपलक्षमा तिमीलाई पनि रोजगारी धेरै मिल्ने भो । मैले आफ्नोतर्फबाट गर्ने भनेको यही त हो ।(एक छिन् अक्मकिए झैं गर्दै) तिमीलाई नारी दिवस भनेको थाहा छ ? (पद्मेको आमा निरुत्तर बन्छे)आउ म भन्छु नारी दिवस भनेको हामी आइेमाइेहरुले आफ्नो हकहितकोलागी बोल्ने समय र खुशीको दिन हो।
आज हामी आफुलाई परेका,लागेका कुराहरु धक फुकाएर भन्न सक्छौं ।"
शर्मिलाको कुराले पद्मेकी आमालाई केही बोल्ने शाहस दिन्छ र उस्ले मौका यही हो भनेर बोल्छे । "मालिक्नी......,उसोभए मेरो ज्यालामा अलिक पैसा बढाइे दिनु भए हुन्थ्यो । छोरालाई यो दँशैमा अलिक न्यानो लुगा हालिदिने मन छ ।
"
उस्को यस्तो कुरा सुनेर शर्मिला उत्तेजित बन्दै जवाफ दिन्छे । कस्तो कुरा गरेकी तिमीले ? मैले त अरुले भन्दा बढी नै पैसा दिएकीछु । सँगैमा मेरी साथीहरुले मैलेभन्दा थोरै दिएका छन् । तिमीलाई योभन्दा बढी दिन म सक्दिन । बरु मन छैनभने भोलीबाट न-आउ । आज त नारी दिवस हो।के कामबाट फर्काउनु ? भोलिदेखी न-आए हुन्छ । "
शर्मिलाको रुखो शब्दले उस्को मनमा तीखो प्रहार हुन्छ र सोंच्छे ऊ । "आफै आजको दिन हामी आइेमाइेहरुले आफ्नो अधिकारको कुरा बोल्दा हुन्छ भन्ने ।
मैले आफ्नो अधिकारको कुरा बोल्दा अस्वीकार गर्ने यस्ता आइेमाइे । भाँडमा जाओस यिनेरको नारी दिवस" भन्दै तुरुक्क आसुँ झार्छे पद्मेकी आमा ।
फेरि शर्मिलाको आवाज आउँछ । "पद्मेकी आमा के अल्मलिएर बसेकी छौ ? चाँडो गर घरधन्दा । म'त लागें "नारी दिवस" कार्यक्रमतिर ............../"