देश बिग्रदै जानु, उन्नति र प्रगति तर्फ ढिलासुस्ती हुनु, हामी सिक्षित कहिलिएका जल्दाबल्दा युवाहरु बाटै हुने गरेको बेला बेलाको चरम लापरबाही र बेवास्तापना नै यस्को मुख्य जड/कारण हो । हामी बाट देश र समाजले द्रुत गतिमा जति लाभ पाउन सक्थ्यो त्यसको एक चौथाई समेत् पाउन नसक्नु अर्को हाम्रो सबै भन्दा कमजोरी र लाजमर्दो पक्ष पनि हो ।
हामिले जुन थालमा भात खायौं त्यहि थालमा पटक पटक लात्ती हानिरहदा आज त्यहि थाल कुच्चियर कोपारो भएकोछ । न त्यसलाई उचित मर्मत संहार गर्न पट्टि ध्यान गयो हाम्रो न कुनै नया सृजन नै गर्छौ भनेर लाग्यौं । आउनेहरु पनि त्यहि कुच्चियकोलाई ओल्टाई पल्टाई गरि अरु कुच्याउने सीबाय केहि जानेनन् । यी पङ्तीहरु तपाईलाई तिता लाग्लान् र भन्नु होला हामीले राष्ट्र र समाज प्रति यति बिघ्न बैमानी गरेका त छैनौ नी ? मान्नु हुन्छ या हुन्न त्यों पनी तपाईकै विषय रह्यो यथार्थमा भन्नु पर्दा यो सब हामी बाट नै भएको छ । कतिपय जानेर गर्यौ, कतिपय अन्जानमा , अझ त्यो भन्दा बढी त हाम्रो सधै जसोको यो बुज्पचाई र लाचारीपनाले हुन गएको छ ।
कुनै पनि राष्ट्रको समुन्नति र समृद्धिका लागि त्यस देशको युवाहरुको ठुलो हात हुन्छ भूमीका हुन्छ र साथै उद्दोग, ब्यापार, व्यबसायको पनि उत्तिकै हुन्छ । र महत्वपूर्ण कुरो देशको राजनीति अनुकुल र प्रतिकुल वातावरणले पनि देश विकाश/निर्माणमा उत्तिकै महत्वपूर्ण रसायनको काम गर्दछ ।
हामीलाई नेपाली हुनु र भन्नुमा जति गर्व छ कर्तब्य निभाउनु मा त्यति नै पछाडी छौं । हामीलाइ त्यस देशको सामान्य नागरिक हुनुको उत्तरदायित्व, जिम्मेवारी बोध नहुनु दुर्भाग्य हो देशको लागि । देश रहे त हामी रहन्छौं र हाम्रो अस्तित्व रहन्छ । यसैले थोरै मात्रै भए पनि हामीले आ-आफ्नो स्थान बाट सकेको योगदान गर्नु पर्छ भन्ने बोध सबैमा हुनु पर्छ ।
देश र समाज प्रतिको जिम्बेवारी हामीले पाँच प्रतिसत सम्म मात्र पनि असल रुपमा निर्बाह गरेको भए सायद आज देशको परिस्थिति नै अर्कै हुन सक्थ्यो होला । हामीले केहि पढेर , केहि जानेर, केहि बुझेर पनी आज केहि पनी नजाने/नबुझेको जस्तो निम्न स्तरमा आफुलाई प्रस्तुत गरिरहेका छौं । केहि गर्ने चाहना , इच्छा शक्ति भए धेरै गर्न सक्ने क्षमता र दक्षता प्रयाप्त मात्रमा छ तर त्यसो हुँदा हुँदै पनि योगदान पुर्याउन नसक्नुमा चाहि यो दोष कस्लाई दिने, हामीलाई के ले छेक्यो भन्ने ? के हातमा डिग्रीको लाइसेन्स हल्लाउदै हिड्नुलाई मात्रै अब हामी सर्बै सर्ब बुद्धिमानी, कार्य सिद्दी र आफ्नो कर्तब्यबोध त्यसैमा पूरा भएको ठान्ने त ? न की सबै कुरो त्यसैेमा निर्भर रहन्छ भन्ने ? यो उत्तरदायित्व कस्ले निर्बाह गर्ने के हामी कसैे संग यसको प्रतिकूल जबाफ छ ? यदी छ भने हामीले सिकेको ज्ञान र सीपलाई ब्यबहारमा उतार्दै लग्नु पो ठूलो कुरो थीयो त तर यहाँ त त्यो बर्सौ लगायर आफूमा आर्जन गरेको ज्ञान र सिपको भंडारलाई समेत त्यही एउटा सिमित कोरा कागजको पन्नामा कुन्ठित गराएर आफुले आफैलाई सधै तुच्छ तुल्याइ राख्नु के बुद्दिमता होला ?
आर्जित ज्ञान र सिपलाई हामीले न कहिल्यै ब्यबहारमा उतार्न खोज्यौ न आफैमा लागू गर्ने चेस्टा नै गर्यौ, यदी गरेका थियौ भने हाम्रो आचरण किन सुध्रियन त ? हेर्ने दृष्टिकोणमा किन बदलाब आएन ? हामी हिजो पनी उस्तै थियौ आज पनी उस्तै त छौ । प्रश्नै प्रश्नको चाङ् लगायो भन्नु होला ई चाङहरु आउनु स्वभाबिकै हुन । साँच्चै अझ छातीमा हात राखेर भनौ भन े ती अनगिन्ती ज्ञान आर्जन गरेर पनी उल्टै अरु घमण्डी,हठी, एकलौटि र स्वार्थी पो भयका छौ । घर परिवार प्रतीको हाम्रो दासत्व सैली पनी उत्तिकै कायमै छ, श्रीमतीलाई अझै गोंडा मिझाउदैछौ, आफुले खाएको थाल समेत पखाल्न हाम्रो महान पुरुषत्वले पटक्कै दिदै दिदैन । समाजको हकमा भन्ने हो भने हामी त समाजको एक प्रकारको गण्यमान्य नै भाइहाल्यौ । गाउँललेे सबैले हामीलाई मानि दिउन भन्ने हाम्रो तिब्र चाह हुन्छ ।
अझ कुनै पदवाली ग्रहणमा पर्यौ भने त त्यस अबस्थाको हाम्रो कुरै छोड्नोस ब्यासासनमा बसेर उपरखुट्टी लगाउनु र फूल माला अबीर पहिरिएर ठुला ठुला कुरा गर्नुमा हाम्रो महान्ता र गौरव त्यसैमा पूरा भएको ठान्छौ । ताल परे अझ उल्टै मैले समाजको लागी यती गरे, राष्ट्रको लागी उति गरे तर मेरो उचीत लेखा जोखा कदर केहि भएन, मलाई मानको अपमान भयो । अब भो त, बिदेशमा रहदा त्यही ब्यक्ति हामी रेमिट्यान्सको कारोबार हुन्डी बाट गर्छौ । नेपालमा सके सम्म भ्याट् बिल छल्ने काम दोहोर्याईं , तेहेर्याई रहन्छौ अनि भाषणमा चाही बडो राष्ट्रबादीको सिद्दान्त छाट्नु । के यहि हो त राष्ट्रवाद ? यो प्रश्न आफैंलाइ गरि हेरौं एक पटक । हामी आफ्नो मातृभूमी प्रति कति वफादार/इमान्दार छौं । अनि कुरो गरौँ देश बिकाश, निकाश , समृद्धि र समुन्नतिको ।
हामि त्यो देशका असल नागरिक हुनुको कर्तब्य, जिम्बेवारको बोध कति गरिरहेछौं त ? तथापि यस्तै चाला हो भने बुढेसकाल्मा कुम्लो कटेरो बोकेर माघ्न बस्ने ठाउँको अहिले बाटै इन्तजाम नगरे भोली त्यही ठाउँ समेत पाउन नसकियला भन्न सकिन्न । हामीलाई यो इतिहासले त पछि धिक्कारनु धिक्कारने त छ आफ्नै साखा सन्तानले समेत हामिलाई सजिलै टिकेर खान बस्ने ठाउँ समेत दिने छैनन् । तसर्थ सोचौं बेलैमा यस तर्फ र एक सचेत नागरिक हुनुको परिचय दिउ , उदाहरण बनौँ ।
हामी युवा बर्ग बल र बुता भइन्जेल केहि गरौँ, सृजनशील बनौँ भन्ने भावना हुनु पर्थ्यो तर त्यसो पनी हामी बाट खासै हुन सकेन । भएको समय जाड पार्टी र तास पार्टीमा स्याल हुईया गर्दै लच्छारी रह्यौ । आफुले पनी केहि गरेनौ र अरु गर्न चाहनेहरुको लागि पनी सधै तगारो बनी तेर्सीरह्यौ । राजनीतिका फोस्रा कुरा र बिना अर्थ राख्ने कार्यहरुमा भने घण्टौ समय त्यहा ब्यतीत गर्न हामीलाई कुनै आपति हुदैन । समारोह सम्मेलनमा ठुला ठुला कुरा छाट्दै अर्काको आलोचना होस् या घोर निन्दा गर्नु परे त्यहाँ प्रसिद्द दार्शनिक हेलेन केलरको समेत हाम्रो सामू पत्तो नचली पुच्छर उचाल्दै भाग्नु पर्ने स्थित देखा पर्छ ।
देश र समाजको लागि आफ्नो काम कर्तब्य सबै त्यागेर *त्वम् सरणं गच्छामि* भनेर लाग्नु पर्छ भन्न खोजेको पनी होईन, मात्र आफु नागरिक हुनुको हैसियतले आफ्नो कर्तब्य र ज़िम्बेवारीलाई नभूली ईमान्दार ऱ निष्ठावान मात्र भएर लाग्न सक्यौ भने पनि नजानिदो त्यहाँ देश र समाजले धेरै पाउन सक्थ्यो भन्न खोजिएको हो ।
अब बाँकी तपाईको कुरो मेरो भन्नु यत्ती हो ।