भर्जिनिया वैशाख १७ ,
विजय थापा : अमेरिकामा स्थापना भएको जनसम्पर्क समिति अस्तित्वमा आए देखि नै साना तिना विवादको भुमरीमा अल्झिन पुगेको जनसम्पर्क समिति अन्तत्वगत्वा विवाद टुंगो लागि बादल फाटे पछिको चाँदीको घेराको अवस्थामा पुग्न सफल भएको छ ।
नेपाली कांग्रेस, नेपाली जनसम्पर्क समिति समन्वय विभागले जनसम्पर्क समिति अमेरिकाका लागि ४ सदस्य तथा ५ जना सल्लाहकार नियुक्त गरेको छ । अमेरिकाका विभिन्न राज्यहरुमा लगातार शाखाहरुको अधिवेशन सम्पन्न भइरहँदा र केही असन्तुष्ट पक्षलाई समेत तयारी समितिमा ल्याउने उद्देश्यअनुरुप नेपाली जनसम्पर्क समिति समन्वय विभागले केही नामहरु थप गरेको छ ।
विवादलाई किनारा लगाउदै ऐक्यबद्दता जरुरि महसुस गरि आगामी जुलाई ५ तारिखमा अधिवेसन हुने भएको जानकारी जनसम्पर्क समिति भर्जिनिया शाखाका सभापति केसब बरालले बताए । थप जानकारी दिदै प्रजातन्त्रमा प्रजातान्त्रिक बहस हुनु अपरिहार्य हुन्छ भन्दै जहाँ समस्या उत्त्पन्न हुन्छ त्यहाँ समाधान हुने हुन्छ र नेपाली काग्रेस संग आबद्ध जो कोहि पनि यसै पद्दतिलाई अङ्गीकार गर्ने कुरा स्वीकार गर्ने बताए ।
समन्वय विभागले गत वैशाख ५ गते जारी गरेको उक्त मनोनयन पत्रमा सल्लाहकारहरुमा केशव बराल (भर्जिनिया), ज्ञानदीप लामा (क्यालिफोर्निया), पियुष दाहाल (क्यालिफोर्निया), नारायण थापा (बाल्टिमोर), मोहन बराल (नर्थ क्यारोलिना) रहेका छन् भने कोलोराडोबाट विश्व भण्डारी, टेक्ससबाट भगवान मैनाली, क्यालिफोर्नियाबाट वैकुण्ठ खनाल, बाल्टिमोरबाट गोपाल विश्वकर्मालाई सदस्यमा मनोनयन गरेकोे छ ।
केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागप्रमुख अर्जुनप्रसाद जोशीद्वारा हस्ताक्षरित उक्त पत्रमा भनिएको छ– ‘विभिन्न च्याप्टरहरुको अधिवेशन लगातार सम्पन्न भइरहेको जानकारी विभागलाई प्राप्त भएको र महाधिवेशनको तयारीका लागि अझै सघाउ पुर्याउन र कार्यसमितिलाई समावेशी बनाउन केही व्यक्तिलाई मनोनयन गरिएको छ ।’
जनसम्पर्क समिति भर्जिनियाको अधिवेसन मे ४ तारिखमा भर्जिनियाको मनाससमा हुने र स्थान पनि सार्वजनिक गरि सकिएकोले नेपाली काग्रेससंग आबद्ध सदस्य तथा आस्था राख्ने सम्पूर्णलाई भर्जिनियाको अधिवेसनमा पाल्न शाखाका सभापति केसब बरालले आग्रह गरेका छन । अब विवादको गाठो फुकी सकेको हुनाले हामी सबै एक ढिक्का भएका छौ भन्दै जुलाई ५ तारिखको अधिवेसनले एक मार्ग चित्र बनाउने कुरामा बिश्वस्त रहेको सभापति बराल बताउछन ।