काठमान्डू बैशाख ५,
नइ प्रकाशनले चार जना महानुभावहरूलाई २०७१ सालको 'नइ खरा पुरस्कार' प्रदान गर्ने घोषणा गरेको छ ।
नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितलाई एक लाख रुपियाँ राशिको 'नइ खरा सुकीर्ति पुरस्कार' प्रदान गरिने भएको छ ।
त्यसैगरी साहित्यकार तथा गायिका श्री चन्द्रकला नेवारलाई पचास हजार रूपियाँ राशिको 'नइ खरा प्रदीप्ति पुरस्कार' प्रदान गर्ने निर्णय भएको छ ।
आमसञ्चार विज्ञ डा.मञ्जु मिश्रलाई पच्चीस हजार रुपिया राशिको 'नइ खरा गौरव पुरस्कार' प्रदान गर्ने निर्णय भएको छ ।
चलचित्रकर्मी तथा सङ्गीतकार विशेषदेव पाण्डे (क्रोनिक बिट)लाई पन्ध्र हजार रुपियाँ राशिको 'नइ खरा पौरख पुरस्कार' प्रदान गर्ने निर्णय गरिएको छ ।
नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
यी पुरस्कारहरू आगामी जेठ १ गते काठमाडौंमा प्रदान गरिने छन् ।
नइ प्रकाशनले ११ लाख रूपियाँ राशिसहित छब्बीस वटा पुरस्कारहरू हरेक वर्ष तीन चरणमा प्रदान गर्दै आएको छ ।
नरेन्द्रराज प्रसाई
सदस्यसचिव
नइ प्रकाशन