पत्नीले गाडी चलाउँदा पतिले तिर्नु पर्यो जरिवाना I

रियाद वैशाख ८,

साउदी अरेबियाकी एक महिलाले गाडी चलाउँदा प्रहरीले पतिलाई पक्राउ गरी जरिवाना तिराएको छ । त्यहाँ महिलालाई गाडी चलाउन प्रतिबन्ध छ । तर ती महिलाले त्यसको बेवास्ता गर्दै पतिको गाडी चलाएकी थिइन् । 

प्रहरीले महिलाले कानुनको उल्लंघन गरेको आरोपमा दम्पतीलाई पक्राउ गरी पतिलाई जरिवाना तिराएको हो । तेइस वर्षीया यी महिलालाई पतिसहित पूर्वी प्रान्तको कातिफ जिल्लाबाट पक्राउ गरिएको थियो । 

प्रहरीले यो दम्पतीबाट यस प्रकारको अपराध पुनः नगर्ने वचन लिएको छ । उनीहरूलाई जमानतमा रिहा गरिएको छ । महिलाका २८ वर्षीय श्रीमान्लाई नौ सय रियाल जरिवाना गरिएको छ । उनीहरूको गाडी सात दिनका लागि रोक्का पनि गरिएको छ । ती महिलालाई चालक प्रमाणपत्र नलिइकन गाडी चलाएको भनी दण्ड गरिएको छ । यस्तो प्रमाणपत्र लिन साउदी अरेबियामा महिलामाथि प्रतिबन्ध छ । महिला अधिकारवादीले यो प्रतिबन्ध हटाउन पटकपटक अनुरोध गरेका छन् । एएफपी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com