बैशाख १४,
सन् २००५ मा जापानी वैज्ञानिकले शुक्राणुको सतहमा एक खालको प्रोटिन खोजेका थिए, जसले भ्रुण निर्माणका लागि योग्य अण्डको पहिचान गर्छ । त्यसलाई जापानी विवाहसँग जोडिएको पवित्र समाधि इजुमोको नाम दिइयो ।
अहिले आएर वेलायतमा वैज्ञानिकले शुक्राणुको इजुमोलाई आकर्षित गर्ने अण्डको प्रोटिन पत्ता लगाएका छन्, जसलाई विवाह र प्रजनन्की रोमन देवी जुनोको नाम दिइएको छ ।
नयाँ जीवनको सुरुवातका लागि इजुमो र जुनोबीच नै सबैभन्दा पहिले सम्पर्क हुने अनुसन्धान टोलीको भनाइ छ ।
क्याम्ब्रिजमा रहेको वेल्कम ट्रस्ट सेन्गर इन्सिच्युटको अनुसन्धान टोलीले नेचर जर्नलमा जनाए अनुसार प्रजनन् समस्याको समाधान गर्न र नयाँ खालको परिवार नियोजनको साधन रचना गर्न यस खोजले धेरै सहयोग गर्ने छ । प्रमुख अनुसन्धानकर्ता डा. गेविन राइटले भन्नुभएको छ– गर्भधारणका लागि आपसमा अनिवार्य रूपमा आवद्ध हुनु पर्ने प्रोटिनलाई हामीले शुक्राणु र अण्डमा खोजेर जीवशास्त्रमा लामो समयदेखिको रहस्य हामीले खोलेका छौँ, ती दुई प्रोटिनबीच सम्बन्ध नभइ प्रजनन् प्रक्रिया पूरा हुँदैन ।
सबैभन्दा पहिले अनुसन्धान टोलीले कृत्रिम इजुमो विकास गरेर मुसाको अण्डमा त्यसलाई आकर्षित गर्ने प्रोटिनको खोज सुरु गरेको थियो । त्यसक्रममा इजुमोलाई आकर्षित गर्ने फोलेट रिसेप्टर–४ पत्ता लाग्यो । जसलाई उनीहरूले जुनो नाम दिए ।
त्यसपछि अण्डमा जुनो नभएको मुसामा परीक्षण सुरु गरियो तर सो प्रोटिन नभएकाले मुसा गर्भवती भएन ।
यसैगरी, इजुमोको पनि परीक्षण गरिएको थियो । यसैगरी, एकपटक अण्ड निषेचन भएपछि अण्डहरूले आफ्नो सतहमा भएका सबै जुनोलाई हटाएर अर्को शुक्राणुसँग पनि निषेचन हुने सम्भावना समाप्त पार्ने तथ्य पनि पत्ता लगाइएको छ । ४० मिनेट भित्र अण्डको सतहबाट सबै जुनो प्रोटिन हराउने र केही गरी एक भन्दा बढी शुक्राणुसँग अण्ड निषेचन भएमा अत्याधिक क्रोमोजोम भएर त्यो मर्ने जनाइएको छ । एजेन्सी :