तेल अभिव (इज़रायल) चैत्र २७,
प्रथम बार्षिकोत्सव तथा बहुसांस्कृतिक साँझ २०१४ '
इज़रायल मा कार्यरत समस्त नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा नेपाल आदिवासी जनजाती महासंघ ,इजरायलको “प्रथम वार्षिकोत्सव तथा नेपाली नयाँ बर्ष २०७१ सालको शुभ-कामना आर्दन-प्रदान बहु-सांस्कृतिक साझँ २०१४” कार्यक्रमको पावन अवसरमा “पहिचान सहितको संङ्घीयता ,संङघीयता सहितको संविधान” भन्ने मूल नाराका साथ नेपाल बाट आमन्त्रित् एक खुट्टाले सबल नृत्य गर्ने अतिथि कलाकार रोमा न्यौपानेको आकर्षक मनोरञ्जनात्मक नृत्यको साथै लण्डनबाट आमन्त्रित शेर्पा पहिलो पप गायक छोङ्बा शेर्पाको नौलो सुरिलो स्वारमा बेजोड प्रस्तुत हुँदैछ ।
नृत्यकार रोमा न्युअपाने ज्यू इज़रायल आइसक्नु भएको छ तथा तपाइहरु यस कार्यक्रम मा भरपुर मनोरंजन लिन आउँनुहुन अनुरोध छ ।
र, साथै इज़रायलका स्थानिय ब्भिन्न जातजातीय संघ संस्थाहरुले आ-आफ्नो भेषभुषामा सजिएर रास्ट्रिय पहिचान झल्किने विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हुदाँ, उक्त ऐतिहासिक समारोहमा यँहाहरुको गरिमामय उपस्थितिको निमित्त “नेआज महासंघ”इजरायल हार्दिक निमन्त्रणा गर्दछ ।
कार्यक्रम:
मिति :- ११ अप्रिल २०१४ शुक्रबार ।
समय :- साझँ ६:०० बजे ।
स्थान :- मतालोंन ९३ एभरेष्ट क्लव ताखानामार्खाजित ।