गजल :
एउटा तारा मिर्मिरेमा झर्यो भन्दिनु
कसैले सोधे मलाई मर्यो भन्दिनु ।।
बसन्तको लहारीमा हिड्दै थियो अरे
चाँदनीको देश तिर बसाई सर्यो भन्दिनु ।।
सबै सँग बिदा माग्ने रहर धेरै थियो अरे
समयलाई पछ्यौदा त्यस्तै पर्यो भन्दिनु ।।
बगैँचाको एउटा फुल झर्यो भन्दिनु
खोजे भने संगिनीले मर्यो भन्दिनु ।।
कसैले सोधे मलाई मर्यो भन्दिनु ।।
बसन्तको लहारीमा हिड्दै थियो अरे
चाँदनीको देश तिर बसाई सर्यो भन्दिनु ।।
सबै सँग बिदा माग्ने रहर धेरै थियो अरे
समयलाई पछ्यौदा त्यस्तै पर्यो भन्दिनु ।।
बगैँचाको एउटा फुल झर्यो भन्दिनु
खोजे भने संगिनीले मर्यो भन्दिनु ।।
कविराज मगर
दिप्लुंङ १ खोटांङ