कविता : By, कबिराज मगर



कविता : 

सयौ पीडा सहेर नि सन्सार देखायौ आमा 
कैयौ कृडा सहेर नि भाग्य लेखायौ आमा ।

हात काखमा खेलाउदै मेरै खुशिमा रमायौ
भोक प्यास सहेर नि हिड्न सिकायौ आमा ।।

सारा दु:ख हुदा पनि मेरो लागि हाँसीदियौ
आत्मा जलन सहेर नि त्रृष्णा मेटायौ आमा ।

अपार छन ममता तिम्रो सकिन्न ऋण तिर्नु
जति सुख भएर नि पीडा मात्र भेटायौ आमा ।।

कबिराज मगर
खोटाङ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com