गजल :
मर्यो भनी उठाएछ लागेको त्यो मातमा
वेहोशीमै जलाएछ कसैलाई त्यो रातमा
ठूला माछाले सानालाई खाएछ पालै पालो
मलामी विहीन आज चलाएछ त्यो घाटमा
दोषी ! मान्छे हो वा धारा फेरि विवाद चम्क्यो
पँधेरीमा पानी थाप्दा द्धन्द्ध चल्यो जात भातमा
सानो तीललाई आज व्यर्थै पहाड बनायो
गराहरू झैं छुटेछ उजाड त्यो फाँटमा
एकै ठाउँमा एकै गाउँ जहाँ मर्नुछ – बाँच्नु छ
तर्केर हिंड्ने गर्छन् छ ज्वालामुखी साथमा ।
मानन्धर अभागी