गजल :
चन्द्र सरी तिम्रो मुहार, धप धपी बलेको छ
मुटु भित्र तिमी छौ र, धड्कन मेरो चलेको छ
अनर्थ पो हुने हो कि, सपनिमा हुरी आई
पिपलुलाई एक्लै छोडि, बरको रुख ढलेको छ
पसिनाले भिजेको छु, प्रबासमा श्रम बेच्दै
लक्ष्य मेरो अन्तै कतै, टाकुरामा फलेको छ
सङ्गै हुन्थ्यो हाम्रो साथ, दैब निठुर नभाको भए
बिधाताले पक्कै आज , हामी लाई छलेको छ
घाम डुब्ला जुन डुब्ला, हुने छैन निस्पटता
खोपी भित्र झुपडिमा, हेर दिप जलेको छ
गोबिन्द प्र तिवारी
दमक, झापा नेपाल
हाल : आबुधाबी ( यु ए ई )