सन्दर्भः आमाको मुख हेर्ने दिनको शुभकामना सहित - गजल :
आहा शब्दै कति मिठो मेरी आमा
हुन्न कहिले पनि तितो मेरी आमा
जति खेर मन्मा हुन्छ चोट बेथा
यो मुखमा आउँछ छिटो मेरी आमा
जस्तै घाउ हुँदा पनि म त तिम्रो
नाम लिँदै हुन्छु निको मेरी आमा
बाह्रै मास न्यानो मात्र भइ दिने
न त तातो न त चिसो मेरी आमा
गुम्दैन यो प्यारो नाम कैले पनि
रहने छ सदा दिगो मेरी आमा
आहा शब्दै कति मिठो मेरी आमा
हुन्न कहिले पनि तितो मेरी आमा
सोमकृष्ण श्रेष्ठ
भि न पा २ दोलखा