गीत:
बैराग्य नै नभएमा हुँदै हुन्न भक्ति
आस्था भए ढुङ्गामा नि हुन्छ दैवी शक्ति
जब जब ध्यान गर्छु बसि सिद्धासन
श्रद्धा अनि विश्वासले हुन्छ शान्त मन
ईश्वोरले केसैको नि माग्दैनन् हो रक्ति
आस्था भए ढुङ्गामा नि हुन्छ दैवी शक्ति
भगवानको अर्को नाम हो बिश्वास र आस्था
फूल मात्रै नैबेद्य हुन्छ चाहिदैन पास्ता
एउटै हुन्छ तेत्तीसकोटी देवताका पंक्ति
आस्था भए ढुङ्गामा नि हुन्छ दैवी शक्ति
बैराग्य नै नभएमा हुँदै हुन्न भक्ति
आस्था भए ढुङ्गामा नि हुन्छ दैवी शक्ति
वर्षा कार्की