गजल :
भन् थे हाँस्नेहरूको हाँसोकै संसार हुन्छ!
म त्यहाँ छु जहाँ मुस्कान व्यापार हुन्छ!!
सर्न त सरेछौ बसाई सहरको रमझममा!!
थाहा होला बत्ती मुनि पनि अन्धकार हुन्छ!!
नसुनाउ स्वाभिमानी ठानीने हरूको काहानी!
दिल कालो बाहिर मखमली अनुहार हुन्छ!!
ए ! मुटु अर्पिनेहरु हो! आजै होसियार रहनू!
भोलि तिम्रो प्रेमको हत्यारा तिम्रै यार हुन्छ!!
तिमी कोशौँ टाढा जाऊ चाहे घृणा गर मलाई!
यो"मन"मा तिम्रो मायाँ सँधै यादगार हुन्छ!!
मुना मन सीग्देल