गजल : By, कविराज मगर



गजल : 

पहिले त जिन्दगीले हारेर रॊए
कहिले  त आत्माले मारेर रोए ।

लुकाई खुसि आँशुले मुख धोए
अहिले त भाग्यले टारेर रोए  । ।

चाहनामा मैले कसैको मन छोए
उसीले त मलाई पर सारेर रोए  ।

भेटु भनि सानु लाई त्यहि म गए
त्यसैले त जाल झेलमा पारेर रोए  । ।

कविराज मगर
दिप्लुङ खोटांङ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com