प्राणी मात्रको सब भन्दा जनिक र प्रिय आमा नै हुन् । गर्बअवस्था देखि आजीवन अविरल र निश्वार्थ हीत चाहनाले आमालाई मायाकी खानी पनि भनिन्छ । सृष्टि, पालन ,संरक्षण ,शिक्षा तथा सांस्कृति प्रदान गर्ने आमा नै वास्तविक जिउदो देवता हुन् ।
प्रकृतिले आमा र उनि भित्र माया नदिएको भए जीव सृष्टि बाट नै ठुलो प्रभाव पर्ने थियो होला । सम्पुर्ण जीव, जगतको अध्यनमा ठुला देखि असम साना सम्म जीवको आमाले सन्तानको हित सम्रक्षणका लागी जस्तो सुकै जोखिम उठाएको उदारहणहरु पाइने गर्दछन । यस्तो काम गर्न सक्ने शक्ति इश्वरले प्रदान गरेका हुन्छन किन कि आमा नै शृष्टि गर्नका लागी इश्वरकि प्रतिनिधि हुन् । जसरी सानो चरो चिलसंग र सानो जनावर पनि सिंहसंग लड्न तयार हुन्छ । मनुष्यमा पनि आलमा सन्तानको लागी ह्रिसक जनावर ,आगो, पानी ,चोर डाका आदिसंग लड्दा लड्दै प्राणको आहुति दिएर पनि सन्तानको रक्षा गर्दछिन ..।
बास्तबमै आमा श्रद्धेय र मायाकी प्रतिमूर्ति हुन् । जुन सुकै प्राणीको जन्म आमाको कोख बाहेक सम्भव नै छैन । जसको कारण बाट प्राणीले जीवनको स्वाश लिन्छ अनि यही जीवनबाट यो संसारमा आँखा खोल्दै आमाको अमृत स्थानको घुटको पिउदै जीवन जिउन थाल्छ ..। सन्तानको जीवनलाई प्रगति पथमा डोर्याउन ,उसको पालन पोषण र रक्षाको लागी हरपल घर्ति बनेर पीडालाई छातीमा सहदै परि आउने हर कठिनाइको सामना गर्दै बलिदानको चक्रमा पिसिदै सन्तानको रक्षा गर्दछिन आमा। यस्तै आमाको जीवन दर्दनाक हुन्छ सन्तानको शुखका लागि । तर सन्तानको चिनारीलाई हिजो आज नैतिकता,संस्कृति,परम्परा भुल्दै आफ्नो मैलिक चिनारी नै बिर्सिएर स्वतन्त्राको गलत फाइदा उडाउदै आमालाई घुट् घुट्को आशुले पिसाउदै अरुको संस्कृतिमा रमाएर आज आमा एक्ली भएकी छन रे । यस्तै आमाको अनुहारलाई नजिक बाट हेरिकी छु जुन अनुभूतिले मलाई आक्लांत बनाएको छ । "
दुर्गम गाउको बस्तीमा एउटा निम्न मध्यम परिवार थियो ..। तीन छोरा र तीन छोरी जन्म दिएकी आमाको जीवनमा कहिलै शुखका दिन आएनन ..। आफ्नो श्रीमानको सानो जागिरबाट सबै छोराछोरीलाई प्रतिपालन गर्न र शिक्षा दिलाउन..पेट भरि खुवाउँन आफुले कति दिन भोक्कै बसी सन्तानको पेट भराउन कोशिश गर्द्थीं । सन्तान सानो र श्रीमानको जागिर शहर भन्दा बाहिर भएकोले उनीलाई अति नै कठिनाइको सामना गर्नु पर्यो...। ठुलो परिवारमा भएता पनि आफन्तले कहिलै माया नगर्नाले दिन दिन तड्पिएर सन्तानको सुन्दर भविष्यको कल्पना मात्र गर्द्थीं उनि । एकदिन आमाले आफ्नै सबै सम्पतिको हकदाबी गर्ने छोरालाई सोध्छिन..।.बाबु भन त् तलाई मैले आफ्नो भए जति सबै सम्पति ,रुपैया ,पैसा तेरो नाम गरि दिनु भनेर मैले गरि दिन्छु तर ,यदी म बिरामी भइ हाले भने र आँखा अन्धो भएर केहि हेर्न सकिन भने के गर्छौ छोरा ? सम्पति आफ्नो नाउमा हस्ताउँन तलिन छोराले भन्छ, । आमा म हजुरलाई राम्रो भन्दा राम्रो डाक्टरको लैजान्छु र इलाज गराउछु चिन्ता नगर्नु म सेवा गर्छु नि । ए हो र आमा ! त्यही कुरा छोराले आमालाई सोध्छ आमा आमा ..यदी म कुनै दुर्घटनामा परेर मेरो आँखा गुम्यो भने त्यो बेला हजुरले के गर्नु हुन्छ नि ? आमाले मिठो स्वरमा ,नम्र हुदै भन्छिन् मेरो प्रणा ..तिमीलाई यो दुई मेरो नेत्र प्रदान गर्छु तिमी बिना मेरो यो रोशनी भएर पनि अन्धकार समान हुन्छ । मेरो नेत्रले तिमीले संसार देख्न सक्ने छौ ..।
यस्ती ममतामयी आमाको मलाई सम्झंना आउछ त्यो पल जुन दिन आमाले खान बनाएर लस्कर पिडिमा बसाएर छ वटा थालमा खाना राख्नु हुन्थ्यो अनि लगेर देउ भन्नु हुदा कान्छी छोरीले सबैलाई लगेर दिन्थी र आफ्नो थाल भान्साकोठामा राख्द्थी ...ल जाऊ तिमि पनि सबै संगै बसेर खाऊ..। नाइँ म यही तपाईसंग बसेर खान्छु ..जाउँ न दिदीहरु संगै बसेर खाऊ आज मेरो ब्रत हो...अ होला ..हो ..। उसले पकाएको भाडो उघारेर हेर्थी र खाना आमाको भागमा हुदैनथ्यो ...। कान्छी छोरीले आफ्नो थालको भागलाई दुइ थालमा हाल्थी र आमा खानु भनेर भन्दा आमाले तर्ककै आशु खसाल्नु हुन्थ्यो र दुबैले मिलेर आधा पेट खान्थे । कान्छी छोरीलाई त्यो आधा पेट खान र आमाको छेउमा चुलो निर गएर पाखुरामा समातेर आफ्नो शिरलाई राख्द्थी न्यानो माया नै कति प्यारो थियो उसलाई ! र भन्थी आमा यो दुखको दिन कहिले हटला हाम्रो ? ...हुन् पनि किन नहोस र ।... जब आमाको काखमा जन्म लिएर न्यानो आचल प्राप्त गरयौ ..हो त्यो दिनलाई आज सम्झना गर्छे ऊ...।
उसले जसरी आफ्नो सन्तानलाई काखमा लिदा अनुभूति गरि रहेछे । सानोमा जन्माउदा देखि लिएर ठुलो सम्मको कल्पना भित्र मात्र आमाको स्मरण गर्न मन लाग्छ.रे उसलाई ..। हो पनि उ भद्छे जब म सानोमा आफ्नो कुरा ब्यक्त गर्न नसकी मात्र चिच्याएर रोई दिन्थे अनि अरु कसैले नबुझेर आमाले हामीलाई बुझ्नु हुन्थ्यो ..आँशु भित्रको दाना दाना आमाले पढ्नु हुन्थ्यो ।. . ..सायद म रोई दिएर भाषाको निर्माण गरि दिन्थे र आमाले मलाई यसलाई चिसो लाग्यो ,भोक लाग्यो,नाङ्गो भए भनेर आफ्नो आचलमा लुटुपुटु पार्दै आफुले कति दिन सम्म भोकै बसेर हामीले निल्न नसके अन्नलाई आमाले मुखमा चपाएर ,खूवाउदै हुकाउनु भयो.. । मेरो आत भरिए पछी मेरो आखाको रोदन हरायो लाग्दथ्यो कि मैले जीवन पाए ।
आमा शब्दले अति नै महत्व दिदो रैछ ...जब मैले आफै सन्तानलाई नौ महिना सम्म कोखमा राखेर नारी बाट आफ्नो मुटुको एक टुक्रा झिकेर प्रिथिवीमा झारे अनि बल्ल आमा हुने सौभाग्य प्राप्त गरे ...तर मलाई थाहा छ त्यो पिडा ,मृतु पछिको पुनः:जन्म लिदै कसरी सन्तानलाइ जन्म दिन पुगिन्छ ...आमा तिमीले गरेका हरेक दुख आज मैले बोध गरि रहेकी छु । हो हिजो म जसरी शरीरको एक टुक्रा अंशलाई भुइमा झर्दा जसरी चिच्याए ..त्यो पिडा तिम्रो मैले महसुश गरे ! जुन मेरो लागी सदा बोधगम्य रहनेछ । तिमीले आफ्ना सन्तानलाई कसरी हुर्कायौ होला भनेर मैले सम्झनु आवश्यक छैन किन कि जब घामको न्यानो तापमा दलेका तेलले मलाई शक्ति प्रदान गरे झैँ सन्तानलाई हेरेर मैले गर्दैछु ,पिरो अमिलो,नुनिलो,गुलियो स्वाद तिमीले खुवाएका खानाले मलाई चिनायो..किन कि पिरो हुदा म चिच्याएर रोई दिन्थे, अमिलो नुनिलो हुदा म मुखलाई बिचाकाउथे र मिठो,गुलियो म सजिलै खाई दिन्थे ...तिमीले मलाई हर सास दिलाएकी छौ आमा ,म कसरी बिर्सु ...।
मेरो पाइला कुनै गलत ठाउँमा जादा तिमीले कानको जरा पक्डेर निमोठी दिदा म रुन्थे ,तिमी गाली गरेको शब्दहरुले म झरकिन्थे ...त्यो मलाई आज अमृत भएको छ ...,! तर किन तिमीले त्यस्ता गर्यौं भनेर पाठ मैले आफ्नै सन्तान बाट सिक्दै छु ...! तिमीले मलाई हासॉको महत्व सिकायौ आमा ...तिम्रो हाँसोमा बिजयको गीत गुन्जिदो रहेछ तिम्रो आँखामा आँशु बह्दा दुखले बाजा बजाए झैँ लाग्छ..! जुन दिन हाम्रो लागी तिमीले अति नै चिन्ता गरयौ त्यो हामी सन्तानको खुशी र सुन्दर भविष्यको लागी कामना गरौ त्यो आत्यधिक थियो आमा ...कसैले पिट्न आउदा,धम्काउदा तिमील्र आफु अगाडी उभिएर सामना गर्थौ म कसरी बिर्सिनु म त्यो । हरपल रंगिन यो दुनिया बगेर आएको पानी नअड़े झैँ ..सिनेमाको चलचित्र बनेर आज आखामा झल्किन्छ ।
आज झल्झली आफ्नो सन्तानले याद दिलौछं तिमि भित्रको पीडा । म गर्ब गरि रहेकी छु आज आमा हुनुमा, ...! जसरी एक निर्दोष बच्चालाई बोल्न ,हास्न,खेल्न,कुद्न, खान,उज्यालो,अँध्यारो,राम्रो ,नराम्रो ,ठुलो सानो,शिक्षा हुदाको र शिक्षा नहुदाको बोध गराउदै आफ्नो जिम्मेवारी बहन गर्न सम्म सिकायौ अनि आफुलाई सफा र सुन्दर,फाटेको कपडा र नफाटेको कपडाको महत्व सम्मको शिक्षा दिने आमा मलाई आत्मा निर्भर हुन् सिकायौ । आमा आज बुवाले छाडेर जानु भए पछी तिम्रो एक्लोपनलाई मैले टाडा बसेर कल्पना गरि रहेकी छु ! ..तिम्रो काखामा तिमीले हुर्काएका सबै सन्तानहरु भएर पनि हिजोको त्यो पलहरुलाई बिर्सिएर ..आफ्नो दुनियामा मग्नमस्त भएका छनरे अनि तिमी गेन परेवाको भेल बाट छुटेको एक्लो फरेवा जुन बासको लागी भड्किएर यता उता फट्फटाउदै कसैको झुपोमा वास दिन्छन कि एकरात भन्दै मुटु भरि पीडाका ढिक्का बोकी कसैलाई नसुनाई रोदनको हासो हास्दै वास खोज्दै हिडेको छौ रे ।
तिमी कति नोर्दोष छौ आमा ...तिम्रो बोली ,तिम्रो हासो आज, आफै बालक हुदा तिमीले कति धैर्यता भएर मुस्कुराउँन सिकायौ ,झर्किएर सानोमा चिच्याउदै काराउदा पनि तिमीले शान्त भएर बोल्यौ तर आज तिम्रा सन्तान .... तिमी झैँ आमा र बुवा भन्ने अबशर प्राप्त गरे तर हाम्रो झर्किएको पल र बोलेको तिखो वचन तिमीले त् सयौ आज ...त्यो अबस्थामा तिमी छौ ...तिम्रो ठाउमा हामी तर किन तिम्रो बचन सहन सकिरहेको छैनन किन तिम्रो त्यो मिठो मुस्कानलाई फर्काउन सक्दैन् ..? किन तिमीले गरेका हरेक लगनशिलताको महत्व बुझ्न सकेनन्? किन आमाको शब्दको निर्माण गर्न सक्दैन ? आमा तिम्रो त्यो मायालाई ,लगनशिलतालाई मैले शृष्टि कि जननी भनेर उचारण गर्दै तिमीले उचारण गर्न सकिएका हरेक शब्द शब्द सम्झन्छु किन कि मैले आमा हुने सौभाग्य प्राप्त गरे अनि तिमी आमा हौ ।"
मलाई याद आउछ तिम्रो काखमा छ जना सन्तान थिएको ..तिमीलाई स्याहार सुसार गर्न कति कठिन थियो किन कि तिमी एक्लो थियौ ...बाबाले कमाएर ल्याउन परदेश हिडेको चरी झैँ ...तिमीले सानो गुढ़ भित्र संगालेर राखेको सन्तान..। म ढिट स्वभावको थिए आफुले चाहेको गरेर छाड्ने ..कसै संग नडराउने ...तर तिम्रो हरपल दुखको सहारा हुने प्रयाश गरि रहन्थे ! म पर्देसिए तिमी एक्लो भएकिछौ ।
आफुलाई बाल्यअवास्थाको सबै कुरा भुलेछन तिम्रो अरु सन्तानले भन्ने थाहा पाए सम्झे बुवा र तिम्रो सम्बन्धलाई कस्तो अटल थिए कति प्रेम थियो ...कुनै छोरा छोरीको गुनासो पनि आफैले घुट बनाएर पिउने बाबाले हरपल सन्तानको शुख्को लागी एकछाक पेटभरी नखाई संगालेर राख्न गरेको कोशीश आज निष्काम हुदै जादैछ रे ..तिमि प्रति गर्दै गएका अभद्र ब्यबहार,किचकिचले सुन्दा र त्यही एउटा कुटिलाई पनि खण्ड पर्दै तिमीलाई जोखिरहेका छन रे ....यो परदेसी मन मेरो अनि तिम्रो झरेका आशु त्यो ..सधै एकले अर्कालाई दोषारोपण गर्दै सहन नसकी तिमीले निस्केर पागल झैँ बेसहार वटुवा भएको कुराले मनलाइ त्रासित बनाएको छ ...। म केहि गर्न सकी रहेकी छुइनँ..मात्र कानले सुन्छु .....मेरो विवशता भन्नु नै मेरो सिंगो जिन्दगी ...।
तिम्रो शिरमा झरेको पहाडले मलाई नै भयभित गराउदै छ कसरी बिर्सिए होलान बालकपनको पहिलो बिद्यालय त्यो घर अनि तोते बोलीबाट उच्चारण गर्न सिकाउदै,बाबा आमा,दादा दिदि भन्दै सबै परिवारको नाम सम्बोधन र क देखि जेड सम्म सिकाउदै बिद्यालयका सिडीहरु.उत्रिन सिकाउने गुरु आमा तिमी नै थियौ ,,। तर आज तिमी "एउटा पिंजडा भित्र कैद गरिएकी मैना झैँ देख्छु । लाग्छ खुल्ला हावामा सास लिई रहेकी तिमी आज सुन्शान कोठामा एक्लै झोक्रई रहेकी छौ रे ।" आमा तिमि त् गाउँ घरमा सबैको लागी सुगा झैँ सिता र रामको कहानी सिकाउदै,महाभारतको कहानी सुनाउथ्यौ...मिठा मिठा ज्ञानको कुरा गरेर सबैलाई जिन्दगीको सन्देश सिकाउने भएकी थियौ ...कसैको लागी मिठो बोलीले मैनाको सुरुलो आवाज सुन्न ब्याकुल हुने गर्दथे तर किन तिम्रै छोराहरुले आज गिद्ध झैँ गरि रहेछन तिमीलाई ..।".
आमा तिमी त्यही हौ परेवा झैँ कोमल र सुन्दर...तिम्रो त्यही बोलीले आगनमा रौनकता आउछ जुन बेला घन्टी बजाउदै गुण गुनाउछौ सन्तानको रक्षा गर ...हे प्रभु हाम्रो दुख हर !' हरपल सम्झिन्छु आमा ...। " मेरो आखाले मात्र तिम्रो रुपलाई कल्पना गरिरहन्छ ! त्यो ढोका कहिले खुल्ला अनि तिमी आफ्नै गतिमा शुख्को सास फेरौली !मेरो आखा परदेश भएर पनि टोलाई रहेछ त्यो पिजडाको ढोका तिर ...। जब तिमी त्यो बन्दन बाट मुक्त भएर यो लोभी अंशमा दाबी गर्ने सन्तानका आशक्त मनलाई पन्छाई दिनेछौ अनि तिमी बाहिरको स्वच्छ हावा लिदै आफ्नै संसारमा परेवा झैँ उडन सक्छौ तर आफ्नो गुढ़लाइ संगालेर राख ..। सुनौलो संसारमा रमाउन पनि जीवन रहे सम्म आफ्नो थलो हुने पर्छ हैन भने यो पापी संसारमा जीवन जिउन गाह्रो हुदो रैछ आमा । त्यसैले म पनि एक सुगा झैँ पर्देसमा पिजडा भित्रै छु ,निस्केर बाहिरको संसारमा रमाउन मन लाग्छ तर भाचिएको पखेड़ाहरु अझै तन्रिन सकेका छैन ...निस्कन चाहन्छु हेर्छु तिमी झैँ यहा पनि विवश भएर बाच्ने गरेका आमा, बुवाहरुलाई अनि फेरी फर्कन्छु उही थलोमा म के गरु आमा ।
सायद समय निर्दयी भएर होला तिमी त्यहा बर्बर आशु झरेर बस्दा पनि मैले यहीको कैदीहरुलाई आशु पुछ्ने गर्दा गर्दै एक्लै यो नौलो संसारबाट फुत्त निस्किन सकिकी छैन ..। म यहा बसेर पनि तिम्रो कथा र ब्यथा सुनेर एउटा नौलो अनुभव गरि रहेकी छु ...। समय संग परिवर्तन र प्रकृतिको सम्मान ....जहाँ तिम्रो नै सम्मान देख्छु । तिमीले सिकाएका संस्कृति,संस्कारको नियम सम्झिन्छु.. अनि मनन गर्छु ..कति महान छ जीवन आमा भएर जिउनुमा तर पिडि पिलाले तिम्रो रुपको बर्णन सुन्छु यहा मन स्थिर छैन यता उता भड्किएको चरा झैँ आमा आज मृतुलाई कुर्दैछिंनरे भन्दा कति मन भयभित भएको छ म कसरी बर्णन गरु ...।
निशा खनाल अर्याल
इज़रायल