क्यालिफोर्नियामा नारी दिवस भव्यताका साथ सम्पन्न I

भर्जिनिया  फाल्गुन २८, 

विजय थापा : नेपाली महिला विश्व संजाल (एनडब्लुजीएन) क्यालिफोर्निया शाखाले अन्तर्राष्ट्रिय नारी दिवस भव्यताकासाथ सम्पन्न गरेको छ। "महिला आत्मनिर्भरता: चुनौती र अवसर " मूल नारा बोकेको उक्त कार्यक्रममा प्रमूख अतिथि श्रीमती दुर्गा पोखरेल,(बिध्या वारिधि ) बिशेष अतिथि डा.अर्लिन ब्लुम, मुख्य प्रवक्ता बुना दहाल र सिशिली भिक्टर रहेका थिए  
कार्यक्रमको शुभारम्भ प्रमूख अथिति  कार्यक्रमको पहिलो चरणमा अन्तर्राष्ट्रिय नारी दिवसको छोटो ईतिहास र महत्वको बारे साथै एनडब्लुजिएनको स्थापना हुनुको उदेश्य बारे प्रकाश पर्दै रश्मिता डंगोलले कार्यक्रम संचालन गरेकी थिइन् बने संस्थाकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक गीता श्रेष्ठले नारी पुरुष रथका दुई पांग्र बराबर हुनुपर्ने धारण राख्दै सम्पूर्ण अथितिहरुलाई स्वागत गरेकी थिइन्। डा दुर्गा पोखरेल र बिशेष अथिती डा अर्लिन ब्लुमले संयुक्तरुपमा पानसमा बत्ति बालेर उद्घाटन गरिएको थियो 

नारी दिवसको अन्य संस्थका तर्फ बाट शुभकामना राखिएको थियो  मन्तब्य कै क्रममा मुख्य प्रबक्ता सिशिली भिक्टरले महिलाहरुले सिपमुलक तालिमहरु गर्ने अवशर पाएको खण्डमा यस्ता तालिमले उनीहरुको आर्थिक आत्मनिर्भरतामा ठुलो भूमिका खेल्ने कुरामा प्रकाश पारिन। अर्की मुख्य प्रबक्ता बुना दाहाल डाईनामिक बुना, कोलोराडोकि संस्थापकले गत साल एनडब्लुजीएन क्यालिफोर्निया शाखाले गरेको आर्थिक सहयोगले नेपालका दृष्टिबिहिनहरुको जीवनमा ठुलो परिबर्तन आएको बताउदै त्यस सहयोगको लागि शाखाका सम्पूर्ण समुहलाई धन्यबाद दिएकी थिईन  

कार्यक्रमका प्रमुख अथिति ड़ा. दुर्गा पोखरेलले नेपालमा अझ पनि महिलाप्रति समाजले हेर्ने दृष्टिकोणमा परिबर्तन भै नसकेको देशको संबिधान र कानुनमा पुरुष बराबर अधिकार हुनुपर्ने कुरामा जोड दिएकी थिइन् । एकाशौ शताब्दीमा पनि नेपालमा आमाको नामबाट आफ्नै सन्तानलाई नागरिकता दिने प्राबधान नभएको कुरामा दुख प्रकट गरेकी थिइन् भने जिज्ञाशा पनि राखिएको थियो  संस्थाकी अध्यक्ष बिष्णु गुरुङ 'एकता' ले कार्यक्रममा उपस्थित सम्पूर्ण अथिति सहयोगीहरुलाई धन्यबाद ज्ञापन गर्दै एउटी असल आमाले मात्र एउटा असल घर बनाउँन सक्छिन र ति असल घरहरुबाट नै असल राष्ट्र बन्दछ। 

त्यसैले असल राष्ट्र होईन असल आमा बनाऔ भन्ने कुरामा प्रकाश पादै महिलाहरुले आफ्नो हक अधिकारको लागि आवाज उठाउनु लड्नु भनेको पुरुषहरुको बिरोध गरेको कदाबी होईन, सच्चा पुरुषले महिला हिंसा नगर्ने बरु हिंसाको बिरोधमा साथ दिने कुरामा पनि प्रकाश पार्दै पहिलो चरणको कार्यक्रमको समापन गरेकी थिईन। कार्यक्रमको दोस्रोचरणमा पुरस्कार बितरण र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो उक्त सम्मान कार्यक्रममा संस्थाकी सदस्य गीता डंगोललाई एनडब्लुजिएन अवार्ड २०१४ ले सम्मान गरिएको थियो। त्यस्तै बिधार्थी नानीहरुको अध्ययन प्रतिको मेहनतको कदर गर्दै उनीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको थियो 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com