मंगलपुर, चितवन १९,
अनन्तप्रकाश सुवेदी
बढ्दो रसायनिक मल तथा विषादीको दुष्प्रभाव सम्बन्धि जनचेतना पश्चात चितवनका
किसान सचेत बन्दै गएका छन् । यसै क्रममा सगरमाथा आमा समुह, राधाकृष्ण टोल
मंगलपुर – ७ का किसानहरु रसायनिक सामाग्री त्यागेर घरेलु जैविक विषादी र बोकासी
मल तर्फ आकर्षित भएका छन् ।
नेपाल जनस्वास्थ्य प्रतिष्ठानको पहलमा भएको एक तालिम कार्यक्रममा सो सगरमाथा
आमा समुहका किसानहरुले व्यापक सकृयताका साथ घरेलु विषादी र बोकासी मल बनाउने
तालिम लिइ आ–आफ्नो घरमा सो विषादी र मल प्रयोग गर्ने बताए ।
सो समुहमा प्रयोगात्मक तरिकाले जैविक विषादी तथा बोकासी मल बनाउने प्रविधि
सिकाउँदै कृषि विज्ञ सुन्दर तिवारीले सो विषादी र मल १५ दिनमा तयार हुने र त्यसलाई
प्रयोग गर्ने तरिका पनि समुहमा नै सिकेर पछी व्यवहारमा उतार्न समुहका किसान
दिदीबहिनिहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमबाट उत्साहित हुनुभएकी स्थानिय कृषक प्रभा दवाडिले सो विषादी बनाउने
तरिका आफूँले राम्रोसँग सिकेको र त्यसलाई व्यवहारमा उतार्ने पनि बताउनुभयो ।