भर्जिनिया फागुन २०,
बिजय थापा : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय ने
पाली महिला साहित्य सम्मेलन न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमितिका अध्यक्ष श्रीमती
गीता खत्रीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संयुक्त राष्ट्र संघका लागि
नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि श्री दुर्गाप्रसाद भट्टराई प्रमुख अतिथि
हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरुमा उन्नती बोहोरा शीला, लीला लुइटेल, सावित्री
मल्ल, हिरण्यकुमारी पाठक, होमनाथ सुवेदी हुनुहुन्थ्यो ।
कार्यक्रममा सभापति
गीता खत्रीले प्रमुख अतिथि भटट्राईलाई खादा लगाएर स्वागत गर्नु भएको थियो भने
सांस्कृतिक कार्यक्रमका सहभागीहरुबाट प्रमुख अतिथि र विशिष्ट अतिथिहरुलाई खादा तथा
व्याच अर्पण गरिएकोे थियो । प्रमुख अतिथिज्यूबाट पानसमा बत्ती बालेर सम्मेलनको
उद्घाटन भएको थियो । विजय नकर्मी र साथीहरुबाट नेपाली राष्ट्रिय गान र लारा र
साथीहरुबाट अमेरिकी राष्ट्रिय गान प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, सहभागी, पत्रकारहरुलाई सम्मे
लन संयोजिका वन्दना कोइरालाले स्वागत मन्तव्यद्धारा स्वागत गर्नु भएको थियो भने
श्री हिरण्यकुमारी पाठक, जापानी समाज सेवी योको मानाई, अमेरिकी समाज से
वी मिसायल वेल्च, बोर्ड अफ ट्रष्टीका सभापति होमनाथ सुवेदी, प्रमुख अतिथि
महामहिम श्री दुर्गाप्रसाद भट्टराई, साहित्यकार भारती गौतमले सम्मेलन सफलताका
लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
सम्मेलनको रिपोर्टस्का रुपमा श्री आचार्य प्रभा, श्री धनिराम सापकोटा, श्री नारायण
अधिकारी र श्री दामोदर घिमिरे रहनु भएको थियो भने सम्मेलनको घोषणा पत्रमा
छलफल र प्रस्तुतका लागि डा. सरोज कोइराला, श्री गुहनाथ पौडेल, श्री सोमनाथ
घिमिरे र श्री सुनिता शर्मा रहनु भएको थियो । उद्घाटन समारोहको अन्तमा अध्यक्ष
श्रीमती गीता खत्रीले धन्यवाद ज्ञापनका साथै उद्घाटन समारोह समापन गर्नु भएको
थियो भने संस्थाको गतिविधिहरुको जानकारी दिनुका साथै उद्घाटन समारोहको उदघो
षण संस्थाका महासचिव श्री पदम विश्वकर्माले गर्नु भएको थियो ।
सम्मेलन उद्घाटन समारोहमा पुस्तकहरु र सी.डीको विमोचन गरिएको थियो ।
विमो
चन गरिएका पुस्तक तथा सीडीहरुमा गीतकार उन्नती बोहोरा शीलाको सि.डी. अलबम
धर्तीको सन्देश, गीतकार गीता खत्रीको सि.डी.अलबम अमूल्य, अनेसासको त्रै
मासिक साहित्यिक पत्रिका अन्र्तदृष्टि अंक ३८, अनेसासबाट प्रकाशित गीतसंग्रह अनेसास
गीतमाला, पदम विश्वकर्माको शव्द सुमन, अनेसास न्यूयोर्क च्याप्टरबाट प्रकाशित
परदेशीको कोशेली, हिरण्यकुमारी पाठकको चमत्कारी औंठी र चतुरे बन्यो ने
ता, डम्बर कुमार गिरीको सिक्किम विकासको चाम्लिगं मोडेल र कल्पना सुवेदीको
कविता संग्रह अनामिका र हाइकु संग्रह मधु थिए ।
यसैक्रममा नेपाली साहित्यमा विशिष्ट योगदान गर्नुहुने महिला साहित्यकारहरु
लाई अध्यक्ष गीता खत्री र महामहिम दुर्गाप्रसाद भट्टराईले सम्मान गर्नुभएको
थियो ।
सम्मानित हुनुहुने महानुभावहरुमा उन्नती बोहरा शीला, लीला लुइटेल,
डा. सावित्री मल्ल र हिरण्यकुमारी पाठक हुनुहुन्थ्यो भने अनुपस्थित स्रष्टाहरुमा श्री
अंगुरबाबा जोशी, श्री गायत्री श्रेष्ठ, डा. गार्गी शर्मा, श्री गीता केशरी, श्री चन्द्र
कला नेवार, श्री माया ठकुरी, श्री विन्दिया सुब्बा हुनुहुन्थ्यो । यसैगरी डायस्पोरामा
नेपाली साहित्यमा योगदान गर्नुहुने महिला साहित्यकारहरु क्रमशः श्री गंगा
लिगल, श्री ज्योती पौडेल, श्री पुनम काफ्ले, श्री भारती गौतम, श्री नीलम कार्की
निहारिकालाइ होमनाथ सुवेदी र गीता खत्रीले कदरपत्र तथा खादा अर्पण गर्नुभएको
थियो । अनुपस्थित साहित्यकारहरुमा श्री कमला सरूप, श्री सीता पाण्डे, श्री सपना गौतम,
श्री लारा, श्री प्रगती राइ, श्री शशी थापा सुव्वा हुनुहुन्थ्यो ।