मस्को मार्च १८,
बिजय थापा : मस्कोस्थित नेपाली रजदूतावासको प्राङ्गणमा ने
पाली राजदूतावास परिवार, गैरआवासीय नेपाली संघ, रूस राष्ट्रिय समन्वय परिषद्, नेपाली नारी
निकुञ्ज, नेपाली छात्रसंघ, विश्व नेपाली साहित्य महासंघ रूस आदि रूसमा रहेका नेपालीहरूका
विभिन्न सामाजिक संस्थाहरूको सक्रिय सहभागितामा विभिन्न कार्यक्रमसहित फागुपूर्णिmा (हो
ली) उल्लासपूणर्् वातावरणमा मनाइयो ।
गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष डा. मधुकृष्ण
श्रेष्ठ ‘माधुर्य’ ले होली कार्यक्रमको प्रारम्भ गर्दै सभाकक्षमा उपस्थित सबैलाई हो
लीको हार्दिक शुभकामना व्यक्त गर्नुका साथै पृथ्वीको आधा जनसंख्याको प्रतिनिधित्व गर्ने ने
पाली नारीहरूलाई एक साताअधि मात्र मनाइएको नारी दिवसको सन्दर्भमा पनि शुभेच्छा व्यक्त
यस पंक्तिकारबाट चाहिं नेपालमा परापूर्व कालदेखि धर्तीको उर्वरताशक्ति मा वृद्धि,
वसन्तकालीन नवजागरण, उत्साह र उमंगको प्रतीकको रुपमा मनाइँदै आएको रङ्गको उत्सव हो
ली पर्वको उद्भवको कथा स्मरणसहित प्राग्ऐतिहासिक, पौराणिक, धार्मिक र सामाजिक महत्वबारे छो
टकरीमा प्रकाश पारिएको थियो ।
नेपाली राजदूतावासकी उपनियोगप्रमुख श्रीमती इन्दिरा अर्यालले राजदूतावास परिवारको
तर्पmबाट पावन होलीको उत्सव मनाउन आयोजना गरिएको सहारोहका लागि आयोजकहरूलाई
धन्यवाद ज्ञापन गर्नुका साथै होलीको उपलक्ष्यमा हार्दिक शुभेच्छा प्रकट गर्नुभयो । विश्वभरिकै
गैरआवासीय नेपाली नारीहरूको तर्पmबाट गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परि
षद्मा प्रतिनिधित्व गर्ने श्रीमती सपिला राजभण्डारीले केही दिनअघि मात्र विश्वभरि मनाइएको
नारी दिवस र त्यसको लगत्तै पछि मनाइने होलीको महत्वबारे चर्चा गर्दै अधिकांश नेपाली नार
ीहरूको अवस्था दयनीय नै रहेको स्मरण गराउनुका साथै गैरआवासीय नेपाली संघबाट नेपालमा
हालै सम्पन्न गरिएको नारी स्वास्थ्य परीक्षणको क्रममा कतिपय नारीहरूको रोगको उपचारका
लागि अपरेसन नै नगरी नहुने अवस्था देखिएकाले ७० जना यस्ता नारीहरुको उपचारको व्यवस्था रूसका
नेपालीहरूबाट गरियोस् भनी आह्वान गर्नुभयो ।
तत्पश्चात् चिठ्ठाको खेल, नाचगान, नेपाली केटाकेटीहरुद्वारा समेत नृत्य प्रदर्शन आदि
होलीसित सम्बन्धित विभिन्न रमाइला कार्यक्रमहरू सम्पन्न गरिएका थिए । नेपाली नारी
निकुञ्जका सदस्यहरु उपस्थित पाहुनहरूका लागि चियापान र भोजको व्यवस्थामा व्यस्त देखिन्थे भने
अनुहारमा अबीरको लालमोहर लगाएका युवायुवतीहरू रमाउँदै एक अर्कालाई शुभकामना दिंदै
फोटो खिच्नमा पनि निकै सक्रियता देखाइरहेका थिए । वसन्तकालीन मास्कोको मनोरम वातावर
णमा नेपाली राजदूतावासको परिसरमा नेपाली राजदूतावास परिवारका साथै नेपाली विद्यार्थी, उद्यमी,
व्यवसायी, समाजसेवीहरू मार्तभूमिबाट निकै टाढा रहेर पनि नेपालमा भैंm रङ्गको उत्सव मनाउन
पाइएकोमा प्रफुल्ल देखिन्थे...
दिनांक ः १७ मार्च २०१४ (सोमवार०,
मास्को, रूस महासंघ ।