बरिष्ठ साहित्यकार तथा गीतकार दिनेश अधिकारी लाई न्यू योर्क मा सम्मान I

भर्जिनिया चैत्र ११,

बिजय थापा : मार्च २२ , २०१४ न्यू योर्क , अन्तरराष्ट्रिय साहित्य समाज को आयोजना मा कबि तथा बरिस्ठ गीतकार दिनेश अधिकारी को प्रमुख आतिथ्यमा रिगो पार्क न्यूयोर्कमा एक साहित्यिक कार्यक्रम को आयोजना गरियो । 

स रा संघ को कार्यक्रमको सिलसिलामा नेपालबाट आउनु भयका साहित्यकार अधिकारी र राष्ट्रिय महिला आयोगको अध्यक्ष सेख चाँदतारालाई अ ने सा स का केन्द्रिय अध्यक्ष गीता खत्रीले सम्मान गर्नु भएको थियो भने अ ने सा स न्यू योर्क च्याप्टरका अध्यक्ष बिकास बिष्टले खादा लगाइदिनु भएको थियो । आजै वहाँहरू नेपाल फर्कने कार्यक्रम छ । नेपाल सरकार को महिला बाल बालिका तथा समाज कल्याण मन्त्रालय का सचिब समेेत रहनु भयका अधिकारी ले आफ्ना नयाँ तथा पुराना गीत तथा कबिता बाचन गर्नु भएको थियो । 

भुगोल भनेको माटो मा मात्र सिमित हुदैन यो फैलिएको पनि हुन्छ भन्दै वहाँ ले नेपाली भाषा, संस्क्रती, कला, साहित्य र संगीत जहाँ जहाँ हामी नेपाली पुगेका छौ त्यहाँ त्यहाँ फैलनु पर्छ र फैलौने काम मा अ ने सा स ले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नु भयो । उक्त कार्यक्रम मा नर बहादुर दाहाल,मिठु थापा ,गिता खत्री ,पुनम काफ्ले,ज्योती पौडेल,बन्दना कोइराला ,इश्वरी गौतम,शान्ता घिमिरे ,सुनिता शर्मा ,कुन्ती थापा ,गिता पन्थ ,बिकश बिष्ट ,सुनिता हमाल ले आ आफ्ना रचना बाचन गर्नु भएको थियो । 

प्रबिण भट्टराई ,हरिश चन्द्र हमाल ,राम खत्री ,धनी राम सापकोटा तथा रेणु सापकोटा समेत को उपस्तिथी रहेको उक्त कार्यक्रम साहित्यकार गीता पन्थ ले सन्चालन गर्नु भएको थियो । दिवा भोजको समेत आयोजना गरिएको उक्त कार्यक्रम मा उलेख्य सहभागिता रहेको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com