शुक्रनगर,चितवन चैत्र ८,
अनन्तप्रकाश सुवेदी : कृषि, स्वास्थ्य तथा वातावरण परियोजना अन्तर्गत विषादीको समुचित प्रयोग, मानव स्वास्थ्य तथा
वातावरणलाई सुरक्षित बनाउनमा सहयोग भन्दै एक दिने जिल्ला स्तरिय विषादी, स्वास्थ्य
तथा वातावरण सम्बन्धि अन्तरक्रियात्मक सम्मेलन शुक्रनगरको साना किसान सहकार
ी संस्थामा शनिवार सम्पन्न भयो ।
डेनमार्कको डायलोगज र नेपाल सरकारको कार्यक्रम
अन्तर्गत सम्पन्न सो कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि प्रा. चन्द्र
किशोर मण्डलले कृषकहरु स्वभावत धेरै मेहनति हुने र कृषि विना कोही पनि बाँच्न नसक्ने
बताउनुहुँदै उपस्थित किसानलाई आफूले पनि विषादी कै प्राध्यापक भएता पनि विषादी
प्रयोग नगरेको बताउँदै जीवनमा विषादी प्रयोग नगर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा आयोजनाका कृषि विज्ञ सुन्दर तिवारीले चितवनमा विषादी प्रयोगको अवस्था
बारेमा प्रस्तुति राख्नुभयो भने फिल्ड संयोजक दिपक ज्ञवालिले विषादी र जनस्वास्थ्य
विषयक आफ्नो कार्यपत्र राख्नुहुँदै संस्थाले तीन वर्ष कृषकहरु सँगै रहेर कृषि तथा
जनस्वास्थ्यका क्षेत्रमा रहेर काम गर्ने जनाउनुभयो ।
आयोजनाका कार्यक्रम संयोजक
डा. श्रीकृष्ण गीरिले आयोजनाले अहिले सम्म प्राप्त तथ्यांक प्रस्तुत गर्नुहुँदै चितवनमा
विषादीको प्रयोग डरलाग्दो रहेको र त्यसको नियन्त्रणमा लागु पर्ने जनाउनुभयो ।
कार्यक्रममा मकैवालि अनुसन्धान कार्यक्रमका वैज्ञानिक घनश्याम भण्डारी, जिल्ला
जन स्वास्थ्य कार्यलयका डा. दुर्गादत्त चापागाई, जिल्ला कृषि विकास कार्यलयका वरिष्ठ
वालि संरक्षण अधिकृत कमलनाथ वाग्ले, क्यान्सर अस्पताल भरतपुरका डा. दयालक्ष्मि जोशि,
अर्गानिक सर्टिफिकेशन नेपालका अध्यक्ष बसन्त रानाभाट लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा जगतपुर, मंगलपुर तथा शुक्रनगर गरेर सय भन्दा बढी किसान सहभागि भएका
थिए । कार्यक्रममा विषादीको व्यापक प्रयोग, त्यसले पार्ने असर, क्यान्सर लगायतको रो
गको कारण र सावधानि र वैकल्पिक उपायका बारेमा व्यापक छलफल भयो ।