सवारी दुर्घटनामा परि गम्भीर घाइते भएकी लोक तथा दोहोरी गायिका मञ्जु महतको निधन भएको छ।
उपचारका क्रममा ग्राण्डी अस्पतालमा रहेकी गायिका महतको शनिबार अपरान्ह निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
बिहिवार काठमाण्डौको गल्कोपाखामा गीत रेकर्डिङका लागि जमलको मालश्री स्टुडियो जाँदै गर्दा महत दुर्घटनामा परेकी थिइन् ।
उनी सवार स्कुटरलाई दुईवटा माइक्रोबसले ठक्कर दिएका थिए। बा १ ज ९२१३ नम्बरको माइक्रोबस र अल्फावेट खुल्न नसकेको २०७१ नंबरको हाइस ब्राण्डको माइक्रोले उनलाई बिचमा थिचेका थिए।
दुर्घटनाबाट उनको देब्रे खुट्टा, टाउको र छातीमा गम्भीर चोट लागेको थियो। दुर्घटना लगत्तै उनलाई मनमोहन मेमोरियल अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसक्ने भएपछि उनलाई शिक्षण अस्पताल लगिएको थियो। त्यहाँबाट पनि चिकित्सकहरुले ग्राण्डी अस्पतालमा रिफर गरेका थिए ।
मञ्जु महत स्टेज कार्यक्रममा असाध्यै व्यस्त गायिकामध्ये पर्छिन् । लाइभ दोहोरीमा निकै जमेकी मञ्जुले ‘नभन है कसैलाई’, ‘हिरामोतीझैँ’लगायत पाँच वटा एल्बम बजारमा ल्याएकी छिन् र ३५ वटाभन्दा बढी गीतमा मोडलिङ गरेकी छिन् ।
उनका केही चर्चीत गीतहरु यस्ता छन्। (सेतोपातीबाट)