बिदेशमा रहेका नेपाली माझ क्रिकेटले ल्याएको नयाँ तरंग I

दुवै चैत्र ३,

निमकान्त पाण्डे : नेपाली क्रिकेट टिमले गरेको संघर्ष अथक परिश्रमले आज पहिलो पल्ट टि 20-विश्वकप खेल्न मैदान उत्रेको यस दिन नेपाली राष्ट्रिय क्रिकेट टिमको ईतिहासको सुवात गरेको छ। 

बंगलादेशको चटगाउँमा भएको यस खेलमा आफ्नो प्रतिद्वन्दी टिम हंगकंगलाइ हराउदै विजय सुरुवात गरेको छ। आज बिश्वभर नेपलीहरुले एउटा गौरब महसुस मात्र गरेका छैनन बिदेशमा रहने नेपालीहरुको मुहारमा खुसि अभिव्यक्त सगै खुसीको मुहार देखिएको छ। हिजो बिहान सम्म कतिपय बिदेशीहरुले नेपालको टिम आएको छ भन्दा बिश्वास सम्म गरेका थिएन। युरोपियनहरुले त बिश्वास सम्म गरेका थिएन् भने एसियन देशका पाकिस्तान,श्रीलंका सगै ईन्डियनहरुले हाम्रो बिश्वास गरेका थिएनन। 

जब बंगाला देशको चटगाउँस्थित अहम चौधरी क्रिकेट स्टेडियमको मैदानमा नेपाली टिमले आफ्नो खेलको सुरुवात गर्न सुरु गरेको थियो मुख्य नेपाली श्रमिकहरु रहेका दुबई, कतार, साउदी,मलेसियामा रहेका सोपिंग महल र लेबर केम अगाडि टि भी स्क्रिनमा नेपालीहरुको भिड लाग्यो अनि ताली बजाउन थाले बल्ल साच्चै नेपाली टिम राम्रो खेल्दो रहेछ अनि बल्ल भन्न थाले नेपाल …. नेपाल …… हुन त आफ्नौ देशमा यस खेलको चर्चा कम छैन होला तर बिदेशमा बस्ने नेपालीहरुलाई सगरमाथा भन्दा ठुलो छाति बनाई एउटा तरंग ल्याएको बिदेशमा बस्ने नेपालीहरुले महसुस गरेका छन। नेपालको झन्डा बोकेका, अनुहारमा झन्डाको रंग पोतेका समर्थकले रंगशाला भरिएको देख्दा खेलाडी भनेका साचै राष्ट्रको गहना मात्र नभएर राष्ट्रको ईज्जत प्रतिष्ठा गौरब पनि रहेछन। 

खेलको स्टार स्पोटर्स १ लगायत अन्य धेरै विदेशी टेलिभिजन च्यानलहरु र नेपाली च्यानल एनटीभी प्ल्सले पनि प्रत्यक्ष प्रशारण गरेका थिए । यस एतिहासिक खेलमा नेपालले एतिहासिक जित हात पार्न सफल भएको हामि सबैलाई अबगत भएकै छ । फोटो - सोपिंग महल बाहिर खेल हेर्दै . . . . 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com