“राष्ट्रिय संस्कृति राष्ट्रिय शान, पहिचान यसलाइ जोगाउने हाम्रो अभियान” भन्ने नाराकासाथ विराटनगर, झापा, धरानलगायतका शहरमा आज टोपी दिवस मनाइएको छ ।
उद्योग वाणिज्य संघ, स्थानीय संस्था र द आर्ट अफ लिभिङ नेपालको आयोजनामा १७ फागुनमा टोपी दिवस मनाइएको हो ।
जीवन जिउने कला सिकाउदै आएका भारतीय आध्यात्मिक गुरु रविशंकरले केही महिनाअघि धरान आाएका बेला १ मार्चलाई नेपालमा टोपी दिवसका रुपमा मनाउन आग्रह गरे अनुसार धरान, विराटनगर, झापा लगायतका पूर्वी नेपालमा राष्ट्रिय टोपी दिवस मनाइएको छ ।
टोपी दिवसका अवसरमा विराटनगरमा आयोजित र्याली । तस्वीर: कमल रिमाल ७ फागुनमा धरान, विराटनगर, दमक, विर्तामोडलगायतका शहरमा नेपाली टोपी पहिरिएर ¥याली निकालिएको छ ।
(हिमालखबर बाट)