HIV संक्रमितलाई मासिक हजार रुपैयाँ भत्ता

गुल्मी चैत्र ८, 

गुल्मी र पाल्पाका एचआइभी संक्रमित बालबालिकाले मासिक भत्ता पाउने भएका छन्। एचआइभी क्षेत्रमा काम गरिरहेको राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक)ले संक्रमित बालबालिकाहरुलाई मासिक हजार रुपैयाँ भत्ता दिने भएको हो। 

सेद द चिल्ड्रेनको सहयोगमा यो कार्यक्रम सञ्चालन गरेको नार्डेकका अध्यक्ष रेशम कुँवरले जनाए। शुक्रबार सदरमुकाम तम्घासमा एचआइभी संक्रमितको क्षेत्रमा काम गर्ने सामाजिक संघसंस्था, सरकारी निकायसहित सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको कुँवरले जनाए। 

बैठकमा यस कार्यक्रमको कार्यविधि र प्रवधानबारे जानकारी दिइएको थियो। जसअनुसार जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर सुरेश नेपाल संयोजक रहने गरी समिति गठन गरेर यो कार्यक्रम सञ्चालन गरिनेछ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com