काठमाडौं चैत्र १८,
मानसिक स्वास्थ्य संगठनका अनुसार नेपालमा ६७ लाख मानिसमा मानसिक समस्या छ। ‘नेपाली समाजमा रोग लागे पनि लुकाएर राख्ने चलन छ। त्यसमा पनि मानसिक रोग लागेको थाहा पाए बहुला र बहुलाइको नाम पाइन्छ तर म यो लुकाउन चाहन्न’, नवविवाहित एलिना उपे्रतीले राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा भनिन्।
उप्रेती बाइपोलार नामक (मानसिक असन्तुलन) समस्याले ग्रस्त छिन्। उनीले यो समस्याबाट ग्रस्त भएकै अवस्थामा विवाह पनि गरिन् र हाल एउटा सहकारीको नेतृत्वमासमेत छिन्।
२०६२ सालदेखि औषधि सेवन गरिरहेकी उप्रेती रोग निको हुने आशामा छिन्। यही समस्याकै कारण उनले मनोसामाजिक अपागंता परिचचयपत्रसमेत लिएकी छन्। ‘मान्छे सार्वजनिक हुन चाहँदैनन् मैले भने परिचयपत्र लिएकी छु’, उनले भनिन्। भक्तपुरकी ५० वर्षीया सितारा थापा पनि यस्तै समस्याबाट प्रभावित छिन्।
तर उनले यो रोग हो भन्ने नै थाहा पाइनन्। खाली मनमा नकारात्मक कुरा खेल्ने, एकोहोरो बस्ने, नबोल्ने, आत्महत्या गर्न मन लाग्ने कारणले घरमा समस्या भएको अनुभव उनले सुनाइन्। उनले निरासा (डिप्रेसन) को औषधिसमेत सेवन गरिरहेकी छिन्।
Chaitra Contentयस्तो रोग लागेका धेरै नेपाली भए पनि सामाजिक रूपमा अपहेलित हुने डरले सार्वजनिक हुँदैनन्।
यसै सन्दर्भमा नेपालमा यो समस्याबाट प्रभावित र चिकित्सक भेला भएर बाइपोलर दिवस मनाएका छन्।मनोचिकित्सक डा. मिता राणाका अनुसार यो मानसिक रोगअन्तर्गत सामान्य तर जटिल रोग हो। यो रोग लागेका मानिसले अचानक खुसी र अचानक दु:खी हुने अनौठो प्रतिक्रिया देखाउँछन्।
यस्तो रोग लागेको मान्छे एकैछिनमा एकदमै उदास हुन्छ, रुन्छ, चिच्याउँछ, कराउँछ र कारणबिना खुसी हुन्छ, आत्महत्या गर्न खोज्छ। यो रोग वंशाणुगत रूपमा समेत सर्छ। ‘सामाजिक, पारिवारिक सहयोग र उपयुक्त सल्लाह, माया र हेरचाह पाए यो समस्या समाधान हुन्छ’ । (अन्नपूर्णबाट)