गजल : By, मानन्धर अभागी



गजल :

थाहा छैन किन होला आफ्नै सरकार झुकेको छ
याँ को हाम्रो धरोहर विदेशीलाई सुम्पेको छ

राष्ट्र हाँक्ने महोदय गलत अभिव्यक्ति दिंदा
सँगै बस्ने सँधियार चीर निन्द्रामा सुतेको छ

किन र कसरी भन्दैछ टनकपुर भारतको ?
हामी नेपाली जनतामा गहिरो ठेस पुगेको छ

राष्ट्रको हित चाहने ती नेताहरू भनाउँदा
मुखमा दही जमाएर किन मुख थुनेको छ ?

देशकै प्रश्न चिन्ह उठ्यो नैतिकता नै गुमाएर
आफ्नै माटोको विरुद्घ के कारणले उभेको छ ?

 मानन्धर अभागी 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com