गजल : By, कल्पना राई"ख़ुशी"



गजल : 

सिरानी थियो साथी मेरो,गली गयो रुंदा रुदै
तस्बीर पनि  मेटिएछ,यी हातले  छुंदा छूदै

निष्ठुरी भन सही दिन्छु, सहनु नै पर्छ मैले
छैन माया भन्नै पर्यो, चोखो माया हुँदा हुदै

कोसिसहरु ब्यर्थ भए, संका फाली मन जित्ने
रुमाल जस्तै माया फाट्यो,यी आँशुले धुँदा धुदै

सागर भन्दा धेरै माया,छाती भरी साँचेकी थें,
कसको आँखा लाग्यो दैब,रित्ती गयो चुंदा चुदै

कल्पना राई"ख़ुशी"
दोलखा नेपाल 
हाल दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com