गजल : By, उदिम दुमी राई



गजल :

आज आफ्नै जिन्दगीको पाना भेटेर रोएँ 
पल्टाई हेरे तिता मिठा भाबना भेटेर रोएँ

गहिरियर बुझ्न चाहे मेरो जिबन यात्रा 
कल्पना भित्र अपुरो चाहाना भेटेर रोएँ 

उदाश-उदाश हुदै उरालि'दै थ्यो मन यतै 
त्यो झुप्रो घर भत्किएको छाना भेटेर रोएँ 

यस्तै रहेछ भाग्गे भनि आफैलाई दोसेथे
बिर्सी सकेको मेरो ज्ञ्था पुराना भेटेर रोएँ 

हत्या हिँङसा लुट पिट भई रहन्छ कठै 
जसले जे गर्दानी हुने जबाना भेटेर रोएँ 

उदिम दुमी राई (अविनाश गरिब )
खोटॉङग दिक्तेल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com