नबोलेको भए बरु मनको कुरा मन्मै हुन्थ्यो
न तिमी नै दुखी हुन्थ्यौ न त मेरै रात रुन्थ्यो
...................
आँशु झर्दा पुछी दिने हात खोजेको'थें
दु:खसंग दु:ख साट्ने साथ खोजेको'थें
मनको बाँध भत्काएर मलाई एक्लै छाड्यौ
पराई-हातमा खुशी थामी एता आँशु बाँड्यौ
...................
डुबी गयो मनको घाम, आकाशकै जून हेर्छु
नदेखिने घाउलाई पुरी जिन्दगीको रङ्ग फेर्छु
नसोध भो अब मलाई कहाँ दुख्यो भनी
किन दुखें भन्ने कारण भन्दिन भो म नि !
शितलपाती संखुवासभा
हाल: न्युयोर्क, अमेरिका
