भ्रष्टाचार विवाद स्पेनकी राजकुमारी I

म्याडि्रड  माघ २८ ,

स्पेनका नरेस हुवाँ कार्लोसकी कान्छी छोरी क्रिस्टिनाले भ्रष्टाचारका विषयमा बन्दकोठामा दिएको बयानको गोप्य रूपमा लिइएको भिडियो चित्र सोमबार सार्वजनिक भएको छ । अन्य प्रेसले पनि त्यसलाई प्रयोग गरेका छन् । 

बालिरिक आइल्यान्डका मुख्य न्यायाधीश प|mान्सिस्को मार्टिनेज एस्पिनोसाले यसको भत्र्सना गरेका छन् । उक्त भिडियो कसले इन्टरनेटमा प्रसार गरेको बारेमा अधिकारीहरूले सोमबार अनुसन्धान सुरु गरेका छन् । स्पेनका प्रमुख दैनिक समाचारपत्र एल पेज तथा एल मुन्डोको अनलाइन संस्करणमा राजकुमारी क्रिस्टिनाले न्यायाधीशको प्रश्नको उत्तर दिइरहेको पछाडिबाट खिचिएको ५ मिनेट २३ सेकेन्डको गुणस्तरहीन भिडियो सार्वजनिक गरेको छ । 

त्यसलाई भिडियो आदानप्रदान गरिने वेबसाइट वुजीमा राखिएको छ । पाल्मा डे मालोर्कामा बन्दकोठामा बसेको उक्त इजलासको सुनुवाइको भिडियो रेकर्डिङ सार्वजनिक गर्न न्यायाधीश जोसे क्यास्ट्रोले प्रतिबन्ध लगाएका थिए । उनले कुनै क्यामेरा तथा टेलिफोन लिएर इजलासमा प्रवेश गर्न प्रतिबन्ध लगाएका थिए । एल मुन्डोले भिडियो चित्रबाट लिइएको तस्बिर आफ्नो प्रथम पृष्ठमा प्रकाशन गरेपछि उनले यस विषयमा अनुसन्धान गर्न आदेश दिएका छन् । 

४८ वषर्ीया राजकुमारी क्रिस्टिनाका पति पूर्वओलम्पिक ह्यान्डबल खेलाडी इनाकी उदार् नगरिनले नक्कली व्यापार सम्झौता गरेको विषयमा भएको काण्डका कारण राजकुमारी विवादमा परेकी हुन् । कर छलेको तथा रकम हिनामिना गरेको कार्यमा उनी पनि संलग्न भएको बारे शनिबार ६ घन्टासम्म सोधपुछ गरिएको थियो । स्पेनको राजकीय परिवारका एक सदस्यमाथि यसरी सुनुवाइ भएको यो पहिलोपटक हो । यस मुद्दाले स्पेनको राजतन्त्रको ख्यातिमा नकारात्मक प्रभाव पारेको छ । न्युयोर्क विश्वविद्यालयबाट स्नातकोत्तर प्राप्त राजकुमारीले न्यायाधीशलाई पतिको व्यवसायका बारेमा जानकारी नभएको बताइन् । एएफपी : 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com