प्रजातन्त्र दिवशमा न्युयोर्कबाट जाजरकोटका रक्तदातालाई नगद पुरस्कार प्रदान I

भर्जिनिया फागुन ९, 

विजय थापा : ६४ औं प्रजातन्त्र दिवशको अवसरमा आयोजित विशेष कार्यक्रममा रुकुमको चौरजहारी र जाजरकोट अस्पतालमा  विभिन्न समयमा रगत अभाव भएका सुत्केरी महिला र अन्य विरामीलाइ रगत दान गर्न आफना  सेनाहरुलाइ पठाउने काममा सहयोग गर्ने  वीरदल गण मालिका छाउनीका जाजरकोटलाई नगद रु २० हजार सहित प्रसंसा-पत्रले सम्मान गरिएको जानकारी  ''अन्तर्राष्ट्रिय नेपाली रक्तदाता ''का अधक्ष्य अर्जुनप्रसाद मैनालीले दिए 

रगत अभावमा मृत्युको मुखमा पुगेका सुत्केरी महिला र अन्य विरामीहरुलाइ गत २ वर्ष  देखि  रगत दान गरेर सहयोग पुरयाउने  नेपाली सेनालाइ पुरष्कृत गरिएको बताए lमैनालीले पठाएको रकम जाजरकोट स्थित नागरिककर्मी जनक केसीले वीरदल गण जाजरकोटका गणपति  प्रमुख सेनानी  प्रज्वल रायमाझीलाइ हस्तान्तरण गरेका थिए भने निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा  र नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष राजेन्द्र कार्कीले संयुक्त रुपमा सम्मान पत्र प्रदान गरेका थिए ।  

रुकुमको चौरजहारी स्थित मिसन अस्पतालमा उक्त गणका २८ जना जवानहरुले जाजरकोट र रुकुमका  ५० भन्दा वढी सुत्केरी महिला र विरामीलाइ रगत दिएर ज्यान वचाएको अस्पताल श्रोतले जानकारी दिएको छ । सेनाको वीरदल गणको पहलमा जवानहरुले विभिन्न समयमा रक्तदान गरेर परोपकारी काम गरेकोले गणलाइ सम्मान गरिएको पत्रकार महासंघ जाजरकोटका  अध्यक्ष राजेन्द्र कार्कीले  वताए । ११४ पटक भन्दा ज्यादा रक्तदान गरि सकेका अमेरीकावासी नेपाली रक्तदाता मैनालीले मुलुकका अन्य भागमा पनि रक्तदाताहरुलाइ विभिन्न रुपमा सम्मान तथा सहयोग गरि रहेको बताए 

नेपालमा रक्तदानलाई बृहत् बनाउने र रक्तदातालाई प्रोत्साहन स्वरुप प्रशंसा पत्रको साथै नगद पुरस्कार दिदा अझ रक्तदाताहरु उत्प्रेरित हुने हुनाले नगद दिइएको बताउदै बिश्व कै सम्राट राज्य न्युयोर्कबाट नेपालको दुर्गम स्थान जाजरकोट सम्म रक्तदाताले समाजमा गरेको परोपकार र नजिकबाट निहालेर हेरी रहेका मैनालीले यो अभियान निरन्तर रहने जनाए 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com